• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
No Result
View All Result
No Result
View All Result
सुदुरपश्चिम खबर
No Result
View All Result

अलिबाबाका संस्थापक ज्याक मा बने एसियाकै धनी व्यक्ति, मुकेस अम्बानी पछि परे

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
March 13, 2020
in अन्तराष्ट्रिय
0
अलिबाबाका संस्थापक ज्याक मा बने एसियाकै धनी व्यक्ति, मुकेस अम्बानी पछि परे
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसका कारण विश्वको शेयर बजारमा उथलपुथल आइरहँदा विश्वका अर्बपतिहरुको सम्पत्तिमा पनि तीव्र उतारचढाव आइरहेको छ ।

यसबीचमा विश्वका चर्चित कम्पनीहरुको शेयर मूल्यको गिरावटका कारण कैयन् धनाढ्यहरुले अर्बौँडलर गुमाएका छन् । यसरी गुमाउनेमा एसियाका नम्बर वान धनाढ्य रहेका भारतीय अर्वपति मुकेस अम्बानी पनि रहेका छन् ।
अम्बानीले सोमबार एकै दिनमा झण्डै ९ अर्ब डलर गुमाउँदा एसियाकै सबैभन्दा धनी व्यक्तिको बरियता पनि गुमाउनु परेको छ ।

यो सँगै रिलायन्स कम्पनीका मालिक मुकेस अम्बानीलाई पछि पार्दै चिनियाँ अनलाइन कम्पनी अलिबाबाका संस्थापक ज्याक मा एसियाका सर्वा्धिक धनी व्यक्तिको पहिलो नम्बरमा उक्लिएका छन् ।

ब्लुम्बर्गको अर्वपति सूचकांकका अनुसार मार्च ९ का दिन शेयर मूल्यको गिरावटका कारण अम्बानीले ५ अर्ब ८० करोड डलर गुमाए । यद्यपि १० तारेखमा शेयर मूल्यमा भएको सुधारले उनले झण्डै ४६ करोड ७० लाख डलर भरपाइ गर्न सफल भएका छन् । मार्च ९ मा रिलायन्स इन्डस्ट्रिजको शेयर मूल्य १२ प्रतिशतले घटेको थियो ।

अम्बानीको कूल सम्पत्ति ४२ अर्ब ३० करोड डलर रहेको छ । जबकी ज्याक मा को सम्पत्ति ४५ अर्ब ७० करोड डलर छ ।

सम्पत्तिमा गिरावट आएसँगै अम्बानी विश्वका अर्बपतिको सूचीमा १९ औँ नम्बरमा झरेका छन् । जबकी ज्याक मा १८ औँ स्थानमा उक्लिएका छन् ।

चीनबाटै फैलिएको कोरोना भाइरसले अलिबाबा कम्पनीलाई समेत ठूलो असर पूराएको भएतापनि क्लाउड कम्प्युटिङ एपको उच्च मागले कम्पनीको आम्दानीमा भरथेग गरेको बताइएको छ ।

स्मरण रहोस् सन् २०१९ मा अम्बानीले आफ्नो सम्पत्तिमा १७ अर्ब डलर थप गरेका थिए भने ज्याक मा ले ११ अर्ब ३० करोड डलर थप्न सफल भएका थिए । एजेन्सीको सहयोगमा

Previous Post

कोभिड–१९ः एक सय २५ देशका सवा लाख संक्र’मित

Next Post

कोरोना भाइरसको संक्र’मण देखिएका ६९ हजारको सफल उपचार

Next Post
कोरोना भाइरसको संक्र’मण देखिएका ६९ हजारको सफल उपचार

कोरोना भाइरसको संक्र'मण देखिएका ६९ हजारको सफल उपचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Home
  • Our Team
  • Privacy Policy

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home
  • Our Team
  • Privacy Policy

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.