सुदुरपश्चिम खबर
  • प्रदेश १
  • प्रदेश २
  • बागमती
  • गण्डकी
  • प्रदेश ५
  • कर्णाली
  • सुदुरपश्चिम
  • Login
  • Register
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर

धनगढी विमानस्थल अन्तरराष्ट्रिय स्तरको बनाइँदै

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
March 13, 2020
Reading Time: 1min read
0
धनगढी विमानस्थल अन्तरराष्ट्रिय स्तरको बनाइँदै

धनगढी । कैलालीको धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउन स्तरोन्नति गरिने भएको छ । यात्रुको चापलाई दृष्टिगत गरी आगामी २० वर्ष्भित्र विमानस्थललाई आधुनिक र अन्तरराष्ट्रिय स्तरको बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक तयारी अघि बढाएको हो ।

RELATED POSTS

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

सुदूरपश्चिम प्रदेशको सो विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्न हालै मात्र रियल पथ इन्जिनीयरिङ कन्सल्टेन्सीले २० वर्षे गुरुयोजना तयार पारेको छ । गुरुयोजना अनुसार सन् २०४० सम्ममा विमानस्थललाई ३ चरणमा निर्माण गरी अन्तरराष्ट्रिय स्तरको बनाइनेछ, जसअनुसार पहिलो चरणमा निर्माणका लागि रू. १ अर्ब ८ करोड, दोस्रो चरणमा रू. ४ अर्ब ९८ करोड र तेस्रो चरणमा रू. ६ अर्ब ८ करोड गरी कुल रू. १२ अर्ब १४ करोड लागत कायम गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ ।

कन्सल्टेन्सीका इन्जिनीयर गुरुदत्त अधिकारीले प्रस्तावित गुरुयोजनामा धनगढी विमानस्थल विस्तारका लागि थप २२७ बिगाहा जमीन आवश्यक पर्ने बताए । विमानस्थलको दक्षिणतर्फको केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिएकोमा उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फ बढी क्षेत्रफलको जग्गा अधिग्रहण गर्नुपर्ने गरी गुरुयोजना तयार पारिएको छ । विमानस्थलमा २ हजार ५५० मीटर लामो र ४५ मीटर चौडा नयाँ धावनमार्ग निर्माण गरिने, हालको धावनमार्गलाई जहाजको ‘ट्याक्सी वे’को रूपमा प्रयोग गर्ने, न्यारोबडी जहाजको उडान र अवतरण सहजै गर्न सकिने, नयाँ टर्मिनल भवन लगायत संरचना बनाउनुपर्ने पनि प्रस्तावित गुरुयोजनामा उल्लेख छ । १५० विभिन्न प्रयोजनका भौतिक संरचना समेत निर्माण गरिनेछ ।

पहिलो चरणको निर्माण सन् २०२४ मा गरिसक्नुपर्नेछ । पहिलो चरणमा जग्गा अधिग्रहणसहित सडक विस्तार लगायत कार्य हुनेछन् । दोस्रो चरणमा सन् २०२५ देखि २०३० सम्मलाई २ हजार ५५० मीटर लामो र ४५ मीटर चौडा नयाँ धावनमार्ग, ट्याक्सी रोड, पार्क, पार्किङ, पानी ट्यांकी, इन्धन स्टेशन, शौचालय लगायत संरचना निर्माणको समययावधि तोकिएको छ ।

त्यस्तै, तेस्रो चरणमा २०३० देखि २०४० सम्म नयाँ टर्मिनल भवन, कन्ट्रोल टावर सबस्टेशन एयरलाइन्स ब्लक, एप्रोन विस्तार, वायु विज्ञान कार्यालय, कार्गो कम्प्लेक्स, सेमिनार हल, सुरक्षा भवन, क्यान्टिन, केन्द्रीय भण्डार गृह, एयरपोर्ट रोड, कर्मचारी क्वार्टर, विमान पार्किङ स्थल, पानी निकास लगायत संरचना निर्माण गरी विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने गुरुयोजनामा उल्लेख गरिएको इन्जिनीयर अधिकारीले बताए ।

१ हजार ८०० मीटर धावनमार्गलाई २ हजार ५५० मीटरमा स्तरोन्नति गरिन लागेको धनगढी विमानस्थल कार्यालय प्रमुख तेजबहादुर बुढथापाले बताए । २०६५ सालदेखि निरन्तर धनगढी विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गरिँदै आएको छ । सबै मौसममा सहजै विमान अवतरणका लागि भीओआर–डीएमई उपकरण जडान भएपछि अब विमान अवतरण गर्न पाइलटले विगतमा जस्तो आँखाको मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको कार्यालयले बताएकोे छ ।

हाल नेपाल एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स लगायत हवाई कम्पनीले धनगढी–काठमाडौं तथा काठमाडौं–धनगढी नियमित उडान भर्दै आएका छन् ।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

बैतडीमा मदिरा सेवन र बिक्री वितरणमा रोक
सुदुरपश्चिम

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

January 24, 2021
अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

January 18, 2021
२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !
अर्थ/ब्यापार

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

January 18, 2021
डिजेल र पेट्रोलको भाउ बढ्यो !
अर्थ/ब्यापार

डिजेल र पेट्रोलको भाउ बढ्यो !

January 18, 2021
जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!
अर्थ/ब्यापार

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

January 18, 2021
सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन
मुख्य समाचार

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

January 18, 2021
Next Post
कोभिड–१९ः एक सय २५ देशका  सवा लाख संक्र’मित

कोभिड–१९ः एक सय २५ देशका सवा लाख संक्र'मित

अलिबाबाका संस्थापक ज्याक मा बने एसियाकै धनी व्यक्ति, मुकेस अम्बानी पछि परे

अलिबाबाका संस्थापक ज्याक मा बने एसियाकै धनी व्यक्ति, मुकेस अम्बानी पछि परे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 Sudurpashim Khabar

No Result
View All Result
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In