कञ्चनपुर, २९ फागुन
अभिभावक सन्तानका लागि आफ्नो खुसी, उमङलाई तिलाञ्जली दिएर सन्तानको भविष्य र खुसी चाहन्छन् । तर कञ्चनपुरमा एक बाबुले आफ्नै छोराको निर्मतापुर्वक हत्या गरेका छन् ।
भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ बर्षिया छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बुधबार साँझतिर घरमै डम्बरले छोरालाई छुरा प्रहार गरेर घाईते बनाएको बताए ।
उपचारका लागि घरदेखि महाकाली अस्पताल ल्याउने क्रममा सुवर्णको मृत्यु भएको उनले बताए । छोरामाथी छुरा प्रहार गर्ने डम्बरलाई पक्राउ गरिसकेको बताउदै उनले घटना स्थलबाट छुरासमेत बरामद गरिएको बताए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । छोराको घाँटीमा छुरा प्रहार गर्ने कारण भने खुलेको छैन् ।
‘जब डम्बर छुरा बोकेर घरभित्र पसे, छोराको घाँटीमा छुरा प्रहार गरिदिए, छुरा प्रहारबाट घाईते भएका बालक ५० मिटरसम्म दौडिए त्यही ढलेको स्थानीय बताउँछन् । स्थानीय एवम महिला अगुवा सन्तोषी साउद(ऐर)ले बालकमाथी डम्बरले छुरा प्रहार गरेपछि उनी भाग्दै आमालाई समेत भाग्न भनेको बताए । ‘बालकमाथी बाबुले छुरा हाने, ‘उनले भनिन, ‘बालक भग्दै ठुलबाबुको घर पुगे, त्यही ढले ।’ अन्तिम श्वास रहदासम्म बालकले जन्मदिने आमालाई भाग मम्मी भन्दै ढले ।
मोर्डन मन्टेश्वरी बाल विद्यालय कक्षा ७ मा अध्ययनरत सुवर्णको मृत्युको खबरले पीडित परिवार सहित गाउँ नै शोकमा डुबेको छ । मृतक बालकको शव महाकाली अस्पतालमा राखिएको छ । आफ्नै बाबुले छोराको हत्या गरेपछि समाजिक अपराधले सीमा नाघेको भन्दै स्थानीय चिन्तित भएका छन् ।
चरम समाजिक स्खललको उदाहरण भएको स्थानीयको बुझाई छ । स्थानीयले हत्यारामाथी कार्बाहीको माग अघि सारेका छन् । कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग गरिन् । मदिराका कारण लगायतबाट घटना घटेका घटिरहेको बताउदै समाजिक अपराध न्यूनिरणमा जोडदिए । घटनाको सर्बत्र भत्र्सना भईरहेको छ ।