सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक पाईलाद्वारा वृद्धसँगै हाेलि, मास्क पनि वितरण गरियाे

धर्म कमाउन न त हरिद्वार न कुनै ऋषिकेश नै जानू पर्छ , केवल एउटा स्वच्छ मन बाट मात्रै कसैलाई आवस्यकता पर्दा सहयोग गर्न सकेमा कुनै ठाउँ गएर धर्म कमाउने नाटक भन्दा बढीनै हो ।

यसै भनाइको उदारण भएर देखिएका छन भिमदत्तनगर स्थित एक पाइला ग्रुपको टिम उक्त ग्रुपले भिमदत्त नगरपालिका वडा नम्बर-५ मा रहेको वृद्दा आस्रममा सबै वृद्ध वृद्धा लाई मास्क बितरण तथा फागु (होलि) पर्वको शुभकामना आदान प्रदान गरेका छन ।

Sana Kishan

कोरोना भाइरसले विश्व जगत मै आतंक मच्चिएको बेला उक्त ग्रुपका युवा-युवतीहरुले यी वृद्ध वृद्धाहरु लाई मास्क बितरण गरेका हुन ।
स्वास्थ्य मन्त्रालयको विभिन्न स्वास्थ सम्बन्धी बिज्ञापनहरु मा मास्क लगाउनु पर्ने जानकारीमा आएपनी ती बुढा आमा बुवाहरु लाई भने कसैले वास्ता नगरेको र आफुहरुले आफ्नो दावित्व सम्झी होलिको शुभकामना दिई यी आमा बुवाबाट आशिर्वाद लिएको र यसै बिच उहाँहरु लाई मास्क बितरण गरि यसबारे जानकारी समेत गराएको बताउछन एक पाइला ग्रुपका अध्यक्ष भुपी उपाध्याय ।

World Link Ads
Mahakali Polytechnic

पछिल्लो केही समयमा एक पाइला ग्रुपले सहयोगी कार्यहरुमा आफ्नो कदमहरुमा एकदमै चासो दिएको देखिएको समेत छ , साथै युवावर्ग बाट अगाडि बढिरहेका यस्ता खालका कार्यहरुले सम्पुर्ण युवाहरु लाई सहयोगी भावना हुनुपर्छ भन्ने सन्देश समेत समाजलाइ दिएका छन।

Dirghayu Ads

केही दिन अगाडिमात्रै यसै ग्रुपले बाल आस्रममा बस्ने बाल बालिकाहरु लाई स्वच्छ वातावरणमा बस्न पाइओस भन्ने हेतुले बाल आस्रममा पेन्टिङ कार्य समेत गरेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.