सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृष्णपुरको छैठौं नगर सभाः स्वास्थ्य सेवा र कृषी प्रवद्र्धन ऐन पारित

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको छैठौँ नगर सभा सम्पन्न भएको छ । बिहिबार नगरपालिकाको नगर सभा तथा विधेयक अधिवेशन सम्पन्न भएको हो ।
नगर प्रमुख कर्ण बहादुर हमालले छैठौँ नगर सभा सम्पन्न भएको बताए । छैठौँ नगर सभाबाट दुई वटा ऐन पारित भएका छन् । नगरपालिकाले तयार पारेको स्वास्थ्य सेवा ऐन–२०७६ र कृषी व्यवसाय प्रवद्र्धन ऐन–२०७६ पारित गरेको उनले बताए ।

नगर प्रमुख हमालका अनुसार नगरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ऐन ल्याईएको हो । ‘उप मेयरसँग सुत्केरी महिला’, पौष्टीक आहार कार्यक्रम, सबै वडामा दक्ष स्वास्थ्यकर्मी सहितको स्वास्थ्य केन्द्र लगायतका महत्वपुर्ण कार्यक्रम ऐनमा समेटिएको छ ।

साथै नगरपालिकाले नगरका दुर्गम क्षेत्रमा स्वाथ्य सेवालाई प्रभावकारी बनाउने योजना अघि सारेको छ । त्यस्तै सुरक्षीत मातृत्व कार्यक्रम अन्र्तगत नियमीत स्वास्थ्य चेकअप गर्ने महिलालाई नरपालिकाले ५ सय सुत्केरी भत्ता तथा २ हजार बराबरको पौष्टीक आहार दिने व्यवस्था ऐनमा उल्लेख गरेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

साथै सुत्केरी महिला र जेष्ठ नागरिकलाई निशुल्क ल्याब सेवा प्रदान गर्ने समेत नगरप्रमुख हमालको भनाई छ ।
त्यस्तै नगरलाई कृषीमा आत्मनिर्भर बनाउन लक्ष्यका साथ कृषी व्यवसाय प्रवद्र्धन ऐन पारित गरिएको उनले बताए । ‘कृष्णपुर जिल्लाकै उत्कृष्ट कृषी औद्योगिकरणको सम्भावना बोकेको क्षेत्र हो ।’ नगर प्रमुख हमालले भने ‘हामीले केन्द्र र प्रदेशका कृषी कार्यक्रमसँग स्थानीय सरकारका नयाँ कार्यक्रम समेत ल्याएका छौ । यसलाई व्यवस्थीत गर्न कार्य विधि तयार गरिएको छ ।’

उनका अनुसार नगरपालिकाले उत्पादन सम्भावनाको अध्ययन गरि ‘एक वडा, एक उत्पादन’ कार्यक्रममा नगरपालिकाले जोड दिएको छ । ‘नगरपालिकाले हरेक वडालाई कृषीमा आत्मनिर्भर बनाउन चाहेको छ ।’ उनले भने ‘स्थानीय सरकारले व्यवसायिक किसानलाई अनुदानसँगै प्राविधिक सहयोग र बजारीकरणका व्यवस्था गरेको छ ।’

त्यस्तै नगरसभाले आर्थिक वर्ष २०७६=७७ का योजनामा भएको कार्यान्वयन समस्यालाई मध्यनजर गर्दै योजना परिवर्तन एवम् संशोधनसहित रकमान्तर समेत गरेको नगर प्रमुख हमालको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.