Sunday, January 17, 2021

सुदूरपश्चिमका स्थानीय तहमा ‘नमूना गाउँ’ कृषि कार्यक्रम शुरू

- Advertisement -

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम अन्तर्गत ‘मुख्यमन्त्री नमूना गाउँ’ कृषि कार्यक्रम शुरू गरेको छ । प्रदेशका ९ जिल्लाका ८८ ओटै स्थानीय तहमा उक्त कार्यक्रम शुरू भएको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले बताएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार प्रदेशका सबै स्थानीय तहमा सो कार्यक्रम शुरू गरिएको जानकारी दिए । उनका अनुसार ‘एक स्थानीय तह, एक उत्पादन’को नीति अनुसार कृषि कार्यक्रम सञ्चालन भइरहेको छ ।

मन्त्रालयले कार्यक्रम छनोटका लागि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रलाई जिम्मेवारी दिएको छ । ‘हरेक स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम सञ्चालन हुन्छ,’ अधिकृत बोहराले भने, ‘सबै पालिकाले सम्बन्धित क्षेत्रबाट कृषि योजना छनोट गरिसकेका छन्, सोही अनुसार बजेट समेत विनियोजन भइसकेको छ ।’

मन्त्रालयले एउटा नमूना कृषि कार्यक्रमका लागि रू. ५० लाख बजेट विनियोजन गरेको छ । अधिकृत बोहराका अनुसार मन्त्रालयले कृषि र पशुपालनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । ‘प्रत्येक स्थानीय तहबाट करीब १०० जना बराबरको एक कृषक समिति बनाएका छौं,’ सो समितिका सबै सदस्यले एउटै उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘चालू र पूँजीगत खर्चका लागि हामीले रू. ५० लाख बजेट विनियोजन गरेका छौं, बाँकी ५० लाख रुपैयाँ किसानले लगानी गर्नुपर्छ ।’ कार्यक्रम अन्तर्गत कृषि उपकरण, बीउबिजन, पशु खरीद लगायत प्राविधिक सहयोग मन्त्रालयले गर्ने उनको भनाइ छ ।

उक्त कार्यक्रम अन्तर्गत कृषि र पशुपालन दुवैमा कृषकलाई अनुदान दिइने मन्त्रालयले बताएको छ । प्रदेशका तराईका जिल्ला कैलाली–कञ्चनपुरका कृषक कृषितर्फ र पहाडी जिल्लाका कृषक पशुपालन र फलफूल व्यवसायमा आकर्षण देखिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार कैलाली र कञ्चनपुरमा धान, गहुँ, उखु, केरा, तेलहन बाली लगायत कृषि कार्यक्रम सञ्चालन भइरहेको छ भने पहाडी जिल्लामा स्याउ, सुन्तला, तरकारी, बाख्रापालन, गाईपालन लगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल-भारत बैठकमा के के छलफल भयो ?

३ माघ २०७७, शनिबार ११:३४ काठमाडौं – नेपाल–भारतबीचको परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सकिएको छ । बैठकमा भाग लिन भारतको राजधानी नयाँ दिल्ली जानुभएका परराष्ट्रमन्त्री प्रदिपकुमार...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

एका बिहानै बाग्लुङ्ग कालिका मन्दिरको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस भेटी...

वि.सं.२०७७ साल माघ ०२ गते, शुक्रबार, ईश्वी सन् २०२१ जनवरी १५ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण, शिशिर ऋतु, श्रीशाके १९४२, पौष शुक्लपक्ष,...

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु !

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु ! बिहीबार साँझ मेची राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापा बुद्धशान्ति गाउँपालिका–४ स्थित वर्ने चिया...

कुन उमेरका मानिस कति घण्टा सुत्ने ? समय भन्दा बढी सुतेमा...

तपाईंले पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ कि कि सबैको लागि कम्तिमा ८ घण्टा निदाउनु एकदम महत्त्वपूर्ण छ। तर सत्य यो हो कि सबैको...

हात हतियार र कस्तुरीको दाँत सहित पाँचजना पक्राउ !

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरेको छ । कस्तुरीको दाँत र हतियारसहित निकुञ्जको टोलीले पाँचजनालाई पक्राउ गरेको छ । निकुञ्जको टोली र नेपाल...

दिल्ली संयुक्त बैठका परराष्ट्रमन्त्री ज्ञवालीले भने – नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग...

नयाँ दिल्ली – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिइने बताएका छन् । शुक्रबार दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको बैठकपछि...

हैदरावाद हाउसमा सुरु भयो नेपाल–भारत संयुक्त बैठक

काठमाडौं। नेपाल(भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया