सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालकै नमुना विद्यालय लटिनाथ माविको ६६ औँ वार्षिकोत्सव सम्पन्न

रिठाचौपाता । लटिनाथ नमुना माबि टेक्स कार्यक्रम चन्दनपुर चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । २०११ सालमा स्थापना भएको माबि चौपाताको एक दिवसिय वार्षिकोत्सब कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब विष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सब कार्यक्रममा सिटिइभिटि सुदूरपश्चिम प्रदेशका परीक्षा प्रमुख लालुप्रसाद गौतम, लेकम गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशी, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्रसिह बोहरा, वडा नम्बर ६ का वडाअध्यक्ष कमलापती मिश्र, लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी बिष्ट, नेपाल शिक्षक संगठन लेकम गाउँपालिका अध्यक्ष केशबराज बिष्ट, नेपाल शिक्षक संघ लेकम गाउँपालिका अध्यक्ष लिलाधर पन्त, नेपाली काग्रेश लेकम गाउँपालिकाका सभापती तुला गिरी, बरिष्ट नेता उत्तम नाथ, विभिन्न विद्यालयका प्रधानाद्यापक, शिक्षक, अभिभावकहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा नमुना माबि चौपाताका विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम र नृत्यहरु प्रस्तुत गरेका थिए ।

World Link Ads
Mahakali Polytechnic

वार्षिकोत्सब कार्यक्रमलाइ सम्बोधन गर्दै लेकम गाउँपालिका शिक्षा शाखा संयोजक लक्ष्मी बिष्टले विद्यार्थीको प्रतिभा पहिचान गरेर सोहि अनुसार शिक्षण गर्नुपर्ने बताउनुभयो । विद्यार्थीको भबिष्य उज्जवल बनाउन अभिभावक र शिक्षकको महत्तपुर्ण देन हुने उहाँको भनाइ छ । यस्तै नेपाल शिक्षक संगठन लेकम गाउँपालिका अध्यक्ष केशबराज बिष्टले शिक्षक, अभिभावक र विद्यार्थीहरुले आ आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा शैक्षिक गुणस्तर सुधारमा चुनौती बढ्दै गएको बताउनुभयो । सामाजमा रहेका बिकृति बिसंगती न्यूनिकरण गर्न शिक्षक, अभिभावकहरुले बालबालिकाहरुलाइ संस्कार सिकाउनु जरुरी रहेको उहाँको भनाइ छ । शिक्षक संघ लेकम गाउँपालिका अध्यक्ष लिलाधर पन्तले शिक्षा क्षेत्रका समस्या समाधान गर्न सबैले लाग्नुपर्ने धारणा राख्नुभयो ।

लेकम गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दिपेन्द्रसिह बोहराले माबि चौपाताको शैक्षिक विकासका लागि वडाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । वडा नम्बर ६ का वडाअध्यक्ष कमलापती मिश्रले माबि चौपाताको विकासमा हिजो देखि सकेको सहयोग गर्दै आएको र अगामी दिनमा समेत सहयोग रहने बताउनुभयो । वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशीले माबि चौपाता लेकम गाउँपालिकाको चिनारी र अभिभावक विद्यालय रहेको उल्लेख गर्दै यो विद्यालयको सिको अरु विद्यालयले समेत गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।
वार्षिकोत्सब कार्यक्रममा सिटिइभिटि सुदूरपश्चिम प्रदेशका परीक्षा प्रमुख लालुप्रसाद गौतमले माबि चौपाताले गुणस्तरीय शिक्षा दिन सकेकै कारण देशका २२ जिल्लाबाट विद्यार्थी पढ्नका लागि आएको स्पष्ट हुने धारणा राख्दै लटिनाथ माबिको उत्तरोउत्तर प्रगतिको कामना गर्नुभयो । विद्यार्थीहरुको परिक्षा केन्द्र उपयुक्त ठाउँमा राख्न आफुले सिटिइभिटिमा पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । विद्यालयको वार्षिकोत्सब कार्यक्रममा सहभागि अतिथिहरुले शुभकामना मन्तब्य राख्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Sana Kishan

मावि चौपातालाइ प्राविधिक शिक्षालय बनाईने: प्रधानाद्यापक बिष्ट

लटिनाथ नमुना माबि लेकम ५ चन्दनपुर चौपाताको वार्षिकोत्सब कार्यक्रममा विद्यालयका प्रधानाद्यापक केशबराज बिष्टले विद्यालयको वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको गत आर्थिक वर्ष २०७५÷०७६ को कुल आय ६ करोड ५५ लाख ५० हजार ८ सय ७४ रुपैया र व्यय ४ करोड ८५ लाख २४ जार ८ सय २३ रुपैया रहेको छ ।
विद्यालयसंग गत वर्षको असार मसान्तमा १ करोड ७० लाख २६ हजार ५१ रुपैया रहेको प्रधानाद्यापक विष्टले बताउनुभयो ।
विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्थाका बारेमा उहाँले जानकारी गराउनुभएको थियो । विद्यालयको विकासमा अभिभावक र यो सामाजको ठूलो देन रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा विद्यालयको विकासका लागि समेत सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

माबि चौपाताले नमुनाको उपाधी पाएपनि साच्चिकै नमुना विद्यालय बनाउन भौतिक, शैक्षिक क्षेत्रमा उल्लेखनिय सुधार गर्नुपर्ने अवस्था रहेकोले त्यसका लागि लागिपर्ने उहाँको भनाइ छ । आफ्नो कार्यकालमा विद्यालयलाइ नमुना प्राविधिक शिक्षालयको रुपमा स्थापित गर्ने उद्धेश्य अनुरुप आगामी दिनमा मेहनत गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

अहिले कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको माबि चौपातामा शिक्षा र विज्ञान संकायका साथै ६ वटा प्राविधिक कार्यक्रम सञ्चालनमा रहेका छन् । ३ वर्षे बाली बिज्ञान, पशु विज्ञान, बन विज्ञान, सब ओभरसियर, कृषि जेटिए र पशु जेटिएका कक्षाहरुमा पठनपाठन भइरहेको छ । नमुना माबि चौपातामा दार्चुला सहित नेपालका विभिन्न २२ जिल्लाका १ हजार ५७ जना विद्यार्थी अद्ययनरत रहेका छन् ।

लेकमको समग्र विकासका लागि गाउपालिका प्रतिबद्ध: लेकम गाउँपालिका अध्यक्ष जोशी

लटिनाथ नमुना माबि चौपाताको वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि एब. लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले यो विद्यालय कुसल प्रशासन, अनुसासन र मेहनतका साथै अभिभावकको साथ सहयोगका कारण देशमा नमुना विद्यालयको रुपमा स्थापित भइरहेको धारणा राख्नुभयो । सफलताका लागि मानब जीवनमा अनुसानको आवश्यकता पर्ने भएकोले अनुशासीत प्रयास गरेकै कारण यो विद्यालय सफलताको गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरुको साझा प्रयासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिने धारणा राख्नुभयो ।
फरक पं्रसगमा उहाँले लेकम गाउँपालिकाको सर्बाङगिर्ण बिकासका लागि आफु सधै लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । महाकाली कोरीडोर, ऐरीछाना रिठाचौपाता धनथला सडक, गोकुलेश्वर लाली सडकका साथै गाउँपालिकाले सञ्चालन गरेका प्रतेक वडा जोड्ने सडक निर्माण सम्पन्न सम्पन्न भइसकेपछि लेकम गाउँपालिका छिट्टै सडक सञ्जालमा जोडिन लागेको उहाँले जानकारी गराउनुभयो ।
सडकका साथै गाउँपालिकाभरी विद्युत विस्तारमा निरन्तर काम भइरहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा विद्युत विस्तारका लागि दुई करोड रुपैया विनियोजन गरिएको र थप बजेटका लागि समेत पहल भइरहेको अध्यक्ष जोशीको भनाइ छ । शिक्षा क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा १ करोड २० लाख बजेट बिनियोजन भएर कार्यान्वयनको चरणमा रहेको र भवन निर्माणका साथै निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि समेत गाउँपालिकाले योजना बनाइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।
लेकम गाउँपालिकाभित्र रहेका चार वटै स्वास्थ्य चौकिमा ल्याप व्यवस्थापन लगायत सेवाहरु विस्तार भइरहेको उहाँले बताउनुभयो । लेकम गाउँपालिका ५ रिठाचौपातामा १५ सैयाको अस्पताल निर्माणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट निर्णय भइसकेकोले छिट्टै सुबिधासम्पन्न अस्पताल निर्माण शुरु हुने बताउनुभयो । कृषि, सिचाई, लगायत सबै क्षेत्रमा लेकम गाउँपालिकाले योजना तथा कार्यक्रम कार्यान्वयन भइरहेको उहाँको भनाइ छ ।
फरक प्रसंगमा उहाँले आफु बाल्यकालदेखि लागुपदार्थ, मदिरा र सुर्तिजन्य पदार्थको बिरोधी रहेको स्मरण गराउँदै हाम्रो सामाजमा रहेका विकृति बिसंगतीको अन्त्य गर्न सबै सचेत जनता जुर्मुराउनु आवश्यक रहेको धारणा राख्नुभयो । मदिरा निशेधित लेकम गाउँपालिकामा कुलत नियन्त्रण गर्न सबैको साथ सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । आफ्ना परिवारका सदस्य र बालबालिकाहरु कुलतमा फसीरहेको अवस्थालाइ मध्यनजर गर्दै हरेक व्याक्तीले बिकृती बिसंगती नियन्त्रणको अभियानमा लाग्नुपर्ने बताउनुभयो । माबि चौपाताका पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका अध्यक्ष जोशीले वार्षिकोत्सब समारोहको पुर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष एब. नमुना माबि चौपाताका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब बिष्टले कार्यक्रमको समापन गर्दै २०११ सालमा स्थापना भएको विद्यालय स्थापनाकालदेखि सहयोग गर्ने सबैलाइ धन्यबाद ब्यक्त गर्नुभयो । आफुले विभिन्न जिम्मेवारीमा रहेर विद्यालय क्षेत्रमा लामो समय काम गरेको स्मरण गराउदै उहाँले सहयात्री सबैलाइ धन्यबाद व्यक्त गर्नुभयो । विद्यार्थीहरुले पढाइ र अनुशासन सुधार गरेर नैतिकबान बन्न उहाँले आग्रह गर्नुभएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.