Tuesday, January 19, 2021

सुदूरपश्चिम प्रदेश सरकारको नीति : छाउपडी मान्नेको सुविधा कटौती

- Advertisement -

प्रदेश सरकारले सुदूरपश्चिममा कुरीतिका रूपमा विद्यमान छाउपडी प्रथा मान्ने र प्रश्रय दिने जनप्रतिनिधि तथा सरकारी कर्मचारीले पाउने सेवा–सुविधा कटौती गर्ने गरी छाउपडी प्रथा उन्मूलन नीति ल्याएको छ ।

मन्त्रिपरिषद्बाट हालै पारित उक्त नीतिमा छाउपडीलाई प्रश्रय दिने गरी आचरण र व्यवहार गर्ने जनप्रतिनिधि, शिक्षक, निजामती कर्मचारी तथा राष्ट्रसेवक कर्मचारीको सेवा–सुविधा कटौती गर्ने र रोक लगाउने व्यवस्था गरिएको छ । कुरीतिलाई प्रश्रय दिन व्यक्ति, परिवार तथा संस्थालाई पनि स्थानीय तहले दिने सेवा, सुविधामा कटौती र रोक लगाउने पनि उक्त नीतिमा व्यवस्था गरिएको छ ।

छाउपडी प्रथालाई प्रश्रय दिने व्यक्ति, परिवार वा संघसंस्थाविरुद्ध प्रहरीका साथै प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय तहका न्यायिक समिति तथा स्थानीय तहस्तरीय समितिमा उजुरी वा सूचना दिन सकिने व्यवस्था मिलाइने सरकारले जनाएको छ । ‘प्रत्येक घरपरिवार, वडा, गाउँपालिका, नगरपालिका तथा जिल्लालाई छाउपडी प्रथाजन्य कुरीतिमुक्त घोषणा गर्ने अभियान सञ्चालन गरिनेछ,’ सरकार ल्याएको नीतिमा भनिएको छ, ‘छाउपडीबाट प्रभावित महिलाको स्वास्थ्य तथा पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।’

छाउपडी कुरीतिबारे जनचेतना फैलाउन हरेक विद्यालयले माध्यमिक तहमा छाउपडी प्रथाजन्य कुरीति उन्मूलनको विषयलाई अनिवार्य रूपमा पठनपाठन गराउने व्यवस्था नीतिमा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । छाउपडी प्रथाजन्य कुरीतिविरुद्ध मुलुकी फौजदारी संहितामा रहेको कानुनी व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउने नीति सरकारको छ । अहिले प्रदेशका सबैजसो जिल्लामा छाउगोठ भत्काउने अभियान सञ्चालन भइरहेको छ । सबैभन्दा बढी छाउपडी गोठ रहेको अछामलाई १५ फागुनभित्र छाउगोठमुक्त घोषणा गर्ने लक्ष्य लिइएको छ । ११ वर्षयता अछाममा मात्रै छाउगोठमा १४ जना महिलाले ज्यान गुमाएका छन् ।

छाउपडी उन्मूलन गर्न निरन्तर अभियान

पुरोहित, धामीझाँक्री, महिला स्वयंसेविका, आमा समूह, महिला सञ्जाल, युवा÷बाल क्लबलगायतको सहभागितामा छाउपडी प्रथा उन्मूलन अभियान सञ्चालन गर्ने सरकारको नीति छ । नीति कार्यान्वयनका लागि सरोकारावाला सबैसँग छलफल थालिएको प्रदेशका मुख्यसचिव बालकृष्ण घिमिरेले बताए । प्रत्येक स्थानीय तहसँग कार्ययोजना बनाई नीति कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।

‘सकेसम्म छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान खोजेका छौँ । यसका लागि स्थानीय तहसँग पनि समन्वय गर्दै छौँ,’ मुख्यसचिव घिमिरेले भने । नीति कार्यान्वयनको निर्देशन र सुपरिवेक्षणका लागि प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा समिति रहने व्यवस्था गरिएको उनले बताए । यस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन, सहजीकरण समिति तथा स्थानीय तहका प्रमुख, वडाध्यक्षको संयोजकत्वमा स्थानीय तह र वडास्तरीय नीति कार्यान्वयन समिति रहने व्यवस्था गरिएको छ ।

कार्यान्वयन भए छाउपडी रोकिने विश्वास

प्रदेश सरकारले ल्याएको नीति कार्यान्वयन भए छाउपडी प्रथा उन्मूलनमा सहयोग पुग्ने ठानिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले सरकारले ल्याएको नीति यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्ने बताइन् । छाउपडी प्रथा उन्मूलनका लागि बृहत् अभियान सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘प्रदेशले पहिले नै यो नीति ल्याउनुपथ्र्यो, केही ढिलो भयो,’ उनले भनिन्, ‘अब कार्यान्वयनमा अलमल हुनुहुँदैन । आवश्यक कानुन, कार्यविधि बनाएर यसलाई तत्काल लागू गर्नुपर्छ ।’ नीतिमा भएका छाउपडीलाई प्रोत्साहन गर्नेको सेवा–सुविधा कटौती गर्ने, सचेतनाका लागि विद्यालयको पठनपाठनमा समावेश गर्ने, छाउपडीविरुद्ध अभियान सञ्चालन गर्नेजस्ता व्यवस्था छाउपडी प्रथा अन्त्यका लागि महत्वपूर्ण हुने उनले बताइन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया