महेन्द्रनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको डोटेली भाषा पछिल्लो समय हराउन थालेकोले भाषा, संस्कृतिको संरक्षणकामा सबैले ध्यान दिनु पर्ने बताएका छन् ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा मंगलवार धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उनले हामी सबैमा आआफ्नो भाषा बोल चाल गर्ने बानी घटी सकेको बताउँदै यसलाई छोड्न नहुने धारणा व्यक्त गरे ।
सभापति देउवाले भने, “अलिकति बैतडीका दाजुभाईले आफ्नो भाषा बोल्ने गरेको भए पनि अन्य जिल्लाकाले भने बोल्नै छाडी सकेका छन्, भाषा बोलचालबाटै हराउछ भने त्यो भाषा कति दिन टिक्न सक्छ ।” उनले नेपाली भाषाको उत्थान सुदूरपश्चिमबाट भएको हो भनेर धेरै विद्धानहरुले मानेको उल्लेख गरे । सभापति देउवाले भाषा, संस्कृतिको संरक्षणका लागि सबै एक जुट भएर लाग्नु जरुरी रहेको बताए । रासस
हाम्रो डोटेली भाषा हराउन थाल्यो, भाषाको संरक्षणका लागि सबै एक जुट बनौंः सभापति देउवा
प्रतिक्रिया
प्रतिक्रिया