Wednesday, January 20, 2021

राजीनामा दिएको २४ घण्टा नबित्दै खतिवडा फेरि अर्थमन्‍त्री

- Advertisement -

काठमाडौँ — युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै बुधबार पुनर्नियुक्ति पाएका छन् । प्रधानमन्‍त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार पुन: अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य पद मंगलबार मध्यरातिबाट स्वतः सकिने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृत गरी उनले सम्हालेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकेकी थिइन्।

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधानअनुसार खतिवडालाई पुनर्नियुक्ति दिइएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

पुनर्नियुक्ति पाएका मन्‍त्री खतिवडाले बुधबार अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच शपथ ग्रहण गर्ने छन्। मन्त्रीलाई राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछिको सरकारका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा खतिवडाले आफू पुनः राष्ट्रिय सभा सदस्यमा मनोनीत हुने संकेत गरेका थिए । पत्रकार सम्मेलनमा उनले २१ गते शपथग्रहणमा भेट हुने बताएका थिए ।

सेक्यूरिटी प्रेस खरीदमा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए। बाँस्कोटाको राजीनामापछि खतिवडालाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

खतिवडा दुई वर्षअघि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । उनको पदावधि सकिएपछि रिक्त स्थानमा कोहीलाई मनोनयन गरिएको छैन । त्यसमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने कि खतिवडालाई भन्नेबारे नेकपाभित्र मतभेद भएपछि मन्त्रिपरिषद्ले सिफारिस गर्न सकेको छैन । तत्काल सिफारिस हुने सम्भावना पनि नरहेको नेकपा स्रोतको भनाइ छ ।

त्यसैले राष्ट्रिय सभामा नयाँ आउने १८ जनाले बुधबार शपथ लिँदा मनोनीत एउटा सिट भने खाली हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले तीन जना विषय विज्ञलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।

खतिवडालाई मन्‍त्री नियुक्त गरिएको पत्र

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

मोटरसाइकल र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु !

विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको...

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया