Sunday, January 17, 2021

एसीसी इस्टर्न रिजन : नेपालको पहिलो जित, थाइल्यान्ड ९ विकेटले पराजित

- Advertisement -

बैंकक : एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको हो।

थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमै १ विकेट गुमाएर भट्टायो। नेपालका लागि ओपनर कुशल मल्लले विष्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ३६ रन जोडे। त्यस्तै पवन सर्राफले १० बलमा २७ रन बनाए भने ओपनिङमा आएका पारस खड्काले ९ रन बनाए। उनी नोफोन सेनामोन्त्रीको बलमा बोल्ड आउट भएका थिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। उसका लागि हेनो जोर्डन र फिरियापोङले समान १३/१३ रन जोडे भने अन्य ब्याट्स्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

तुलनात्मक कमजोर ठानिएको थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका करण केसीले ३ विकेट लिए। त्यस्तै अबिनाश बोहराले २ र सन्दीप लामिछानेले १ विकेट लिए। भुवन कार्कीको नाममा पनि १ विकेट रह्यो । थाइल्यान्डका ३ ब्याट्सम्यान रन आउट भएका थिए।

यसअघि पहिलो खेलमा नेपाल मलेसियासँग २२ र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ – हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

उपत्यकाका विद्यालय संचालनमा आउँदै

काठमाडौँ – काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले...

जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं – जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शनिबार साँझ पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना भएको हो...

रानाथारु भाषाको व्याकरण निर्माण सहित अभिलेखीकरण हुने

कञ्चनपुर, ०४ माघ । नेपालमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा विगत लामो समयदेखि आदिवासीको रुपमा बसोवास गर्दै आएका रानाथारु समुदायले बोल्ने मातृभाषाको व्याकरण...

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वय तथा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यही माघ १२ गते देखि कञ्चनपुरको महेन्द्रनगरमा...

भारतद्वारा सीमावर्ती नेपाली किसानलाई अन्नबाली भित्र्राउन दशजगा सडकमा अवरोध

बेलौरी,कञ्चनपुर नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली भारत भ्रमणमा रहेकै बेला भारतीय पक्षले कञ्चनपुरको सीमा क्षेत्रम नेपालीमाथि ज्यादती गरेको छ । संसद विघटनले केन्द्रमा राजनीतिक...

कांग्रेसको ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन सनिवार गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत लोकतान्त्रिक...

काँग्रेस नेता सिंहको प्रधानमन्त्रीलाई प्रश्न – ’मै संविधान हुँ भनेर प्रतिनिधिसभा...

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । प्रतिनिधिसभा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया