Sunday, January 17, 2021

प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो

- Advertisement -

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको छ । उनको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ ।

प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले उनलाई १० बजेपछि शल्यक्रिया कक्षमा लगिएको जानकारी दिएका छन्। यस्तै त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाकाले पनि प्रधानमन्त्रीलाई १० बजे शल्यक्रियाका लागि लगिएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री ओली प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो। शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो। यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका थिए।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।

सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा थिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ – हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

उपत्यकाका विद्यालय संचालनमा आउँदै

काठमाडौँ – काठमाडौँ उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले...

जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं – जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । शनिबार साँझ पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना भएको हो...

रानाथारु भाषाको व्याकरण निर्माण सहित अभिलेखीकरण हुने

कञ्चनपुर, ०४ माघ । नेपालमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा विगत लामो समयदेखि आदिवासीको रुपमा बसोवास गर्दै आएका रानाथारु समुदायले बोल्ने मातृभाषाको व्याकरण...

भारतद्वारा सीमावर्ती नेपाली किसानलाई अन्नबाली भित्र्राउन दशजगा सडकमा अवरोध

बेलौरी,कञ्चनपुर नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली भारत भ्रमणमा रहेकै बेला भारतीय पक्षले कञ्चनपुरको सीमा क्षेत्रम नेपालीमाथि ज्यादती गरेको छ । संसद विघटनले केन्द्रमा राजनीतिक...

कांग्रेसको ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्ध नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन सनिवार गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत लोकतान्त्रिक...

काँग्रेस नेता सिंहको प्रधानमन्त्रीलाई प्रश्न – ’मै संविधान हुँ भनेर प्रतिनिधिसभा...

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । प्रतिनिधिसभा...

हिउँदमा केटु आरोहण : नेपाली टोलीले राख्यो किर्तिमान

काठमाडौं – नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया