सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको व्यवस्थापन संकायको विभागीय प्रमुखमा उप–प्राध्यापक शंकरदत्त भट्ट नियुक्त भएको छन् ।
उनिलाई मंगरबार विश्वविद्यालयले विभागीय प्रमुखको जिम्मेवारी दिएको हो । उप–प्राध्यापक प्रेम सिंह खातीको दुई वर्षकाल सकिए लगतै भट्टले विभागीय प्रमुखको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै विश्वविद्यालयको विज्ञान तथा सुचना प्रविधि संकायको विभागीय प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः उप प्राध्यापक रमेस प्रशाद भट्ट नियुक्त भएका छन् ।
नव नियुक्त व्यवस्थापन विभागका विभागीय प्रमुख भट्टले विभाग र विद्यार्थीको हितका लागि काम गर्ने बताए । उनले अध्यापनलाई व्यवस्थीत बनाउनुका साथै विभागले अतिरित्त क्रियाकलापमा जोड दिने बताए ।
साथै विश्वविद्यालय, विभाग र विद्यार्थीको सम्बन्धलाई प्रगाढ बनाउने विशेष कार्यक्रम गरिने उनको भनाई छ ।
प्रतिक्रिया