सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योती बहुमुखी क्याम्पसमा सभापति बमसहित ८ विद्यार्थीले गरे रक्तदान

महेन्द्रनगर ।
भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योती बहुमुखी क्याम्पसमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

स्नातक तह द्धितिय वर्षमा अध्ययनरत विद्यार्थीले कलेजमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

रक्तदान जीवन दान भन्ने उद्देश्यका साथ ८ जना विद्यार्थी रक्तदान गरेको स्नातक तह द्धितिय वर्षमा अध्ययनरत विद्यार्थी उपेन्द्र बमले बताए । उनी नेविसंघ क्याम्पस कमिटीका सभापति पनि हुन् ।

यस्तै शुक्रवार नै एक कार्यक्रमकाबीच स्नातक प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत समेत गरिएको उनले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.