सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेरिगोल्ड बोर्डिङको बार्षिकत्सब समपन्न

भिनपा ७ खैरेनिमा स्थित मेरिगोल्ड बोर्डिङ स्कुलको ५ औ बार्षिकउत्सब तथा अभिभावक दिबश आज भब्यताकासाथ सम्पन्न भएको छ।

Sana Kishan

स्थानीयको बिशेष पहलमा पाँच बर्ष अगाडि स्थापना भएको उक्त बिध्यालयले ५ कक्षासम्म कक्षा सन्चाल्न गर्दै आएको छ।

छोटो समायमा स्थानियको मन जित्न सफल भएको यो बिध्यालय न्यून शुल्कमा स्तरीय शिक्षा प्रदान गर्दै आएको अभिभाबक पुजा भट्टले बताइन।

आधुनिक शैक्षिक आबश्यकताको उत्कृष्ट गन्तब्य बन्दै आएको यस बिध्यालयले जिल्ला स्तरीय विभिन्न प्रतिशप्रर्धामा समेत उत्कृष्ट प्रदशन गर्ने गरेको हुनाले सोचे अनुसार नै शैक्षिक सफलता छोटो समयमा हासिल गरेको बिध्यालय ब्यब्स्थापन समिति अध्यक्ष बिष्णु दत्त पन्तले बताउनु भएको छ।
बिचलित हुँदै गएको समाजमा जिम्मेवार नयाँ पुस्ता जन्माउनकैलागी बिध्यालयले विभिन्न सामाजिक क्रियाकलापमा समेत बिध्यार्थिहरुलाइ सामेल गर्दै आएको रमानन्द जोशिले बताउनु भएको थियो।

कार्यक्रममा यस क्षेत्रका उच्च प्रतिष्ठित ब्यक्तित्व डा. टेकराज पन्त, ज्यो. लक्ष्मीकान्त जोशी , नेपाल सरकारका अधिकृत हरिश जोशी र वकिल प्रकाश भण्डारीलगायत शैक्षिक क्षेत्रमा योगदान दिएका बिशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने बिध्यार्थीलाई पुरस्कार र प्रबुद्ध बर्गलाइ सम्मान समेत गरेको थियो। भने बिध्यार्थिहरुले विभिन्न सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.