कञ्चनपुरको बेदकोट नगरपालिकाको पिपलथलामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार गरिएको निशुलक आँखा शिविरमा एक हजार जना भन्दा वढी जेष्ठ नारिक र एकल महिलाले सेवा लिएका छन।
जिल्लाको बेदकोट नगरपालिका वडा न–१ पिपलथला कार्यालयले गरेको आयोजना तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र धनगढी नेत्रालय आँखा अस्पतालको सहयोगमा शिविर सम्पन्न भएको हो ।जेष्ठ नागरिक तथा एकल महिलाका लागि बेतकोट नगरपालिकाले विभिन्न शिविर सञ्चालन गर्दै आइरहेको छ शनिवार निशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
नगरपालिकाले नगरभरी रहेको नगरवासीको स्वास्थ्यमा मध्यनजर गर्दै प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । शनिवार गरिएको आँखा शिविरले नगरवासीलाई प्रत्यक्ष प्रचाव पर्ने भएकोले सो कार्य सराहनिय भएको स्थानियको भनाई छ ।
स्थानिय राज बहादुर साहले वृद्धवृद्धा तथा एकल महिलालाई गेटा जानुपर्नै समस्याको हल भएको बताए । साहका अनुसार आर्थिक स्थिति कम भएका तथा विपन्न घर परिवारका आँखा विरामीले गाउँघरमै सेवा प्रदान भएकोमा राम्रो कार्य भएको बताए।
नगर उपप्रमुख सुशिला सिंहले महिलाको क्षेत्रमा नगरपालिकाले विगतमा दिनमा समेत निशुक्ल शिविर सञ्चालन गएको बताउदै आउँदा दिनमा समेत शिविर सञ्चालन गर्ने बताए । यस्तै नगर उपप्रमुख शुसिला सिहले आँखा भनेको मानवको मानव जिवन सँग प्रत्यक्ष सरोकार राख्ने महत्वपुर्ण अङ्ग भएको बताए।
नगर प्रमुख अशोककुमार चन्दले शरिरका सवै अङ्गको आफ्नै महत्व भएको र आँखा सवै भन्दा महत्वपूर्ण अङ्ग भएकोले निशुल्क आँखा शिविर सञ्चालन गरेको बताए । उक्त शिविरमा औषधी, चस्मा र अप्रेसन निशुल्क गर्ने गरि हजार जना बढीले आँखा जाच गराए छन।
Paschim Today बाट सभार
कञ्चनपुरको वेदकोटमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न ।
प्रतिक्रिया
प्रतिक्रिया