सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगर बजार क्षेत्रको सडक चार लेन बनाइँदै

महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रको सडक चार लेनको बनाउने काम शुरू गरिएको छ । महेन्द्रनगरको शिव मन्दिरदेखि ट्राफिक चोकसम्मको १ हजार ४०० मिटर सडक चार लेनको बनाउन लागिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले बताएको छ ।

बजार क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि बजार क्षेत्रको सडक चार लेनसँगै साढे ९ किलोमिटर सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी एवम् इन्जिनीयर लक्ष्मण जोशीले बताए ।

केही समयअघि सडक अतिक्रमण हटाइएको महेन्द्रनगरको शिव मन्दिरदेखि ट्राफिक चोकसम्मको सडक चारलेन बनाउन लागिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी एवम् इन्जिनीयर लक्ष्मणदत्त जोशीले बताए ।

World Link Ads
Mahakali Polytechnic

उनका अनुसार हाल महेन्द्र राजमार्गको सो क्षेत्रको सडकमा दुवैतर्फ ३ दशमलव ५ र ३ दशमलव ५ मिटरमा ग्राभेलिङको काम शुरू भएको छ । आर्थिक वर्ष २०७६/७७ को फागुनभित्र सडक निर्माण गरिसक्ने लक्ष्यसहित चार लेनको सडक निर्माणको जिम्मेवारी कुमार जोशी जेभीले पाएको छ । संघीय सरकारको २ करोड १५ लाख रुपैयाँ (भ्याट सहित) लगानीमा सो क्षेत्रमा सडक फराकिलो बनाउने काम जारी रहेको सडक डिभिजन कार्यालय, महेन्द्रनगरले बताएको छ ।

Sana Kishan

सोही बेजट अन्तर्गत महेन्द्र राजमार्गकै गड्डाचौकीदेखि काङलापुल भाँसीसम्म ९ दशमलव २६ किलोमिटर कालोपत्र सडकमा रिसोलिङको काम समेत भइरहेको छ । उक्त कार्य आर्थिक वर्ष २०७६/७७ को जेठसम्म कालोपत्र सक्नुपर्ने समय सीमा तोकिएको छ ।

यस्तै वेदकोट नगरपालिकास्थित चौधर नदीदेखि काङला पुलसम्मको राजमार्ग पनि फराकिलो बनाइँदै छ । ‘दायाँ–बायाँतर्फ ७/७ मिटर फराकिलो बनाएर पहिलो चरणमा ग्राभेलिङ, माटो फिलिङ गर्ने काम भइरहेको छ,’ सूचना अधिकारी जोशीले भने । यस आर्थिक वर्षमा काम सक्नेगरी ७३ लाख ९९ हजार रुपैयाँ लगानीमा सो कामको जिम्मा राखी कन्स्ट्रक्शनले पाएको छ ।

‘चार लेन बनाउनेसँगै गड्डाचौकीदेखि कान्द्रा पुलसम्म रिसोलिङ (कालोपत्रको तह थप) गरिनेछ,’ उनले भने, ‘चालू आवभित्र दुवै काम सम्पन्न हुनेछ ।’ पूर्वपश्चिम राजमार्गको दुवैतर्फ सडक चौडा पार्ने कार्यक्रम अन्तर्गत माटो र ग्राभेल भरानको काम पनि चलिरहेको छ । हालसम्म १० किलोमिटरभन्दा बढी खण्डमा माटो भरानको काम सकिएको इन्जिनियर जोशीले बताए ।

बजार क्षेत्रमा निकै साँघुरो सडक भएर दुर्घटनाको जोखिम बढेकाले सवारीसाधनको चाप कम गर्न हाललाई बजार क्षेत्रको सडक चौडा पार्ने काम थालिएको उनको भनाइ छ । उनका अनुसार गड्डाचौकीदेखि पूर्वतर्फ अढाई किलोमिटर र वेदकोट नगरपालिकाको चौधर नदीदेखि पश्चिमतर्फ २ किलोमिटरमा माटो तथा ग्राभेल भरिनेछ । सरकारले ४ वर्षअघि पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउने घोषणा गरे पनि उक्त योजनाअन्तर्गत सुदूरपश्चिममा हालसम्म सडक विस्तार हुन सकेको थिएन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.