कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाल–भारत सीमा नदी महाकालीमा साहसिक जलयात्रा(¥याफ्टिङ) सञ्चालन गर्ने तयारी थालेको छ । नगरपालिकाले वडा नम्बर–९ को मुसेट्टीदेखि खल्लासम्म महाकाली नदी क्षेत्रमा ¥याफिङ सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।
महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा पर्यटन प्रवद्र्धनका लागि महाकाली नदीमा ¥याफ्टिङ सञ्चालनको तयारी भईरहेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । महाकालीमा ¥याफ्टिङ सञ्चालनको तयारी अन्तिम चरणमा रहेको बताउँदै नगर प्रमुख विष्टले भने ‘महाकाली नदीको बहुउपयोग सिद्धान्तका आधारमा केही काम गर्न खोजेका छौ, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी यस क्षेत्रमा पर्यटक भित्र्याउन महाकाली ¥याफ्टिङ सञ्चालन गर्ने तयारी भईरहेको छ ।’
उनले अगाडी थपे ‘गत वर्ष महाकाली नदीमा साहसिक जलायात्रा ¥याफ्टिङको सफल परिक्षण ग¥यौँ, सबै तयारी अन्तिम चरणमा रहेकोले अबको केही दिनमा ¥याफ्टिङ सुरु गछौँ ।’ पानिको उच्च बहाव रहेको मुसेट्टी–खल्ला क्षेत्रको महाकाली नदीमा गत आवको पुस महिनामा नगरपालिकाले ¥याफिङको सफल परिक्षण गरेको थियो ।
¥याफ्टिङ सञ्चालनका लागि अनुमति लिन संघिय सरकारलाई पत्राचार गरिएको नगर प्रमुख विष्टले बताए । ‘दुई देशको सीमा नदी भएकोले भारत सरकारको पनि अनुमती लिनु पर्ने हुन्छ ।’ नगर प्रमुख विष्टले भने ‘हामीले संघिय सरकारलाई आग्रह गरेका थियौँ, अनुमतिका लागि परराष्ट्र मन्त्रालयबाट अहिले पत्र भारतीय दुतावासमा पुगेको छ ।’
उनका अनुसार अनुमति पाएपछि नगरपालिकाले ¥याफ्टिङ सञ्चालन गर्न ईच्छुक व्यवसायिक ¥¥याफ्टिङ तथा एडभेन्चर प्रा.लि.लाई आवेदन अह्वान गरिने छ । साथै ¥याफ्टिङ सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ती उत्पादन गर्न नगरपालिकाले स्थानीय युवालाई यसबारे तालिम समेत दिएको छ । नगरपालिकाले ¥याफ्टिङ सञ्चालनका लागि १० जना स्थानीय युवालाई आधारभुत तालिम दिईएको हो । उनिहरुले कर्णाली ¥याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.लि. सुर्खेतबाट आधारभूत तालिम लिएका हुन् ।
तालिम पाएपछि स्थानीय युवाहरु खुसि भएका छन् । ¥याफ्टिङ सञ्चालनका लागि सीमावर्ती भारतको टनकपुर नगरपालिकासँग पनि सहकार्य भईरहेको नगर प्रमुख विष्टको भनाई छ ।
¥याफ्टिङ सञ्चालनका लागि चालु आर्थिक वर्षमा भीमदत्त नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको भने प्रदेश सरकारले पनि बजेट कर्णाली र महाकाली ¥याफ्टिङका लागि बजेट निकासा गरेको छ । ¥याफ्टिङ सञ्चालनपछि यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिईएको छ ।
नेपाल–भारत संयुक्त कार्य समुह(ईन्जाफ)का अध्यक्ष अशोक विक्रम जैरुले महाकाली सीमा नदी भएकाले दुवै देशको संयुक्त सहकार्यमा ¥याफ्टिङ सञ्चालन गरिनु पर्ने बताए । उनका अनुसार दुवै देशको अपसि समझदारीमा सञ्चालन गरिए लामो सयमसम्म निरन्तर सञ्चालन गर्न सकिने छ ।
महाकालीमा साहसिक जलयात्रा सञ्चालन हुनु यस क्षेत्रको पर्यटनलाई उचाईमा पु¥याउनुका साथै आर्थिक समृद्धीमा सहयोग पुग्ने उनको भनाई छ । यसले दुवै देशको पर्यटन पर्वद्धनसँगै सामाजिक सम्बन्ध पनि थप प्रगाढ हुने उनको विश्वास छ । त्यस्तै महाकालीमा ¥याफ्टिङ सञ्चालनको तयारीले निजि क्षेत्रलाई पनि उतसाहित बनाएको छ ।