सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपाले भंग गर्‍यो संविधान संशोधन कार्यदल

काठमाडौं : नेकपा सचिवालय बैठकले संविधान संशोधनका लागि बनाएको कार्यदल भंग गरेको छ। प्रधानमन्‍त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान संशोधनको कार्यदल अगाडि बढाउनुपर्ने औचित्य नदेखिएको बताए। बैठकपछि श्रेष्ठले भने, ‘संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन।’

Sana Kishan

राष्ट्रियसभामा मनोनित सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो। एउटा व्यक्तिको निजी महत्वकांक्षा पुरा गर्न संविधान संशोधन गर्न लागिएको भन्दै नागरिकस्तरबाट व्यापक विरोध तथा आलोचना भएपछि सचिवालय बैठकले यसलाई भ‌ंग गरेको हो।

World Link Ads
Mahakali Polytechnic

संविधान संशोधन कार्यदलका लागि तोकिएका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले समेत कार्यदलमा बस्‍न अस्वीकार गरेका थिए भने नेपाल पनि यो विषय चित्त बुझेको थिएन।पार्टीभित्रैबाट पनि यसको विरोध भएको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.