सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

४० देशको शान्ति सेनाको नेतृत्वमा नेपाल, फोर्स कमाण्डरमा उपरथी हमाल नियुक्त

उपरथी हमाल फोर्स कमान्डर नियुक्त

काठमाडौं : नेपाली सेनाले चार वर्षपछि बहुराष्ट्रिय शान्ति सेनाको नेतृत्व गर्ने मौका पाएको छ। ४० भन्दा बढी मुलुकका सेनाको नेतृत्व गर्ने मिसन प्रमुख एवम् फोर्स कमान्डरको जिम्मेवारी उपरथी ईश्वर हमालले पाएका हुन्। हमाल यो पदमा पुग्ने सातौं नेपाली जनरल बनेका छन्।

आर्मी कमान्ड तथा स्टाफ कलेजका शिक्षा अधिकृत हमाललाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नियुक्तिपत्र पठाउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। राष्ट्रसंघीय मिसनमा कमजोर मुलुकबाट सैनिक र बलियो मुलुकबाट माथिल्लो तहका व्यक्ति नियुक्त गर्ने चलन छ।

शान्ति मिसनमा नेपालबाट हाल पाँच हजार बढीको उपस्थिति रहे पनि संख्याका आधारमा नेपालले माथिल्लो पद पाउनै सकेको छैन। यतिबेला नेपालबाट सेक्टर कमान्डरसमेत छैन। पर्यवेक्षक संख्या भने एक सय ६० पुगेको छ। हमालले कठिन प्रतिस्पर्धाबाट जिम्मेवारी पाएको सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेपालले आफ्नो सुरक्षाफौजको उपस्थितिअनुरूपको पद पाउन लबिङ गर्दै आएको छ। तर कूटनीतिक लबिङ अभाव रहेको गुनासो सैन्य अधिकारीहरूको छ। न्युयोर्कमा रहेको मिसन र सुरक्षा परिषद्को पाँचै सदस्य राष्ट्रमा रहेका दूतावासले लगातार यस्ता विषयमा लबिङ गर्नपर्छ। राजदूत सक्रिय नहुँदा नेपालले यस्ता पद पाउन सकेको छैन।

Dirghayu Ads

सुरक्षा परिषद्का स्थायी सदस्य मुलुक अमेरिका, बेलायत, चीन, फ्रान्स र रुसको सहमतिपछि राष्ट्रसंघ मुख्यालयले हमाललाई फोर्स कमान्डर नियुक्त गरेको हो। हमाल अब पश्चिम एसियाको गोलानहाइटस्थित राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व सम्हाल्न जानेछन्। त्यहाँ नेपाललगायत ४० मुलुकका सैनिक खटिएका छन्।

उपरथी हमाल मातहत सेक्टर कमान्डर रहनेछन्। उनी नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखसमेत हुन्। यसअघि उनले चारपटक शान्ति मिसनमा विभिन्न पदमा रहेर सेवा गरिसकेका छन्। अमेरिकाबाट ‘डिफेन्स कोर्स’ गरेका हमाल नेपालबाट त्यो पदमा पुग्ने सातौं व्यक्ति हुन्।

उक्त स्थानमा प्रधानसेनापति पूर्णचन्द्र थापा (सन् २०१५–१६) ले र पूर्वरथी बालानन्द शर्मा (२००४–०६) ले मिसन प्रमुखको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै सुडान फौजमा तत्कालीन उपरथी पवनजंग थापा (२००७–०८) फोर्स कमान्डर थिए। उपरथी चित्रबहादुर गुरुङ (२०००–०२) ले तत्कालीन महासचिव कोफी अन्नानको सहायक सैनिक सल्लाहकार थिए । रथी एवं पूर्व राजदूत भिक्ट्रीशमशेर राणा (१९९९–२००१) ले साइप्रसमा फोर्स कमान्डरकै जिम्मेवारी सम्हालेका थिए। सन् १९९३ मा रथी कृष्णनारायण सिंह थापा इराक तथा कुवेतस्थित शान्ति सेनाको फोर्स कमान्डर थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.