सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिल्ली हिंसा जटिल मोडमा : मर्नेको संख्या २० पुग्यो, सेना परिचालनको माग

नयाँ दिल्ली : भारतको उत्त्तरपूर्वी दिल्लीमा नागरिकता कानून विषयलाई लिएर दुई पक्षबीच भड्किएको हिंसाले गम्भीर मोड लिएको छ। हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ।

नागरिकता कानून संशोधनको विषयलाई लिएर आइतबारदेखि दिल्लीमा कानूनको पक्षधर र विपक्षी समूहबीच झडप हुन थालेको हो। झडपले मंगलबार हिंसात्मक रुप लिएको थियो।

भारतीय सञ्चार माध्यमकाअनुसार हिंसा भड्किएको क्षेत्रमा अझै पनि तनाव कायम रहेको छ। हिंसा नियन्त्रण गर्न प्रहरी र अर्धसैन्य बल परिचालित छन्।

World Link Ads
Mahakali Polytechnic

मंगलबार अबेर रात राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसात्मक क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। त्यहाँ उनले प्रहरी अधिकारीसँग भेटेर सुरक्षा स्थितिबारे बुझेका थिए।

Dirghayu Ads
Sana Kishan

किन भड्कियो हिंसा
भारत सरकारले गत डिसेम्बरमा ‘असमान’ नागरिकता विधेयक संसदबाट पास गरेपछि त्यहाँ विरोध सुरु भएको थियो । कानूनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई धर्मका मानिसलाई नागरिकता दिने प्रावधान गरिएको छ।

नागरिकता संशोधन कानूनमा भारतमा शरण लिन चाहने मुस्लिमलाई नागरिकताको दायराबाट बाहिर राखिएको छ। त्यसैले मुस्लिम समुदायले यसलाई ‘असमान’ कानून भन्दै आइरहेका छन्।

भारतको केन्द्र सरकार हिन्दूवादी पार्टीको नेतृत्वमा रहेकाले यस कानूनलाई धार्मिक रंग प्रदान गर्न खोजिएको छ। यसैगरी संसदबाट कानून पास हुनुभन्दा पहिले पनि भारतका विभिन्न राज्यमा हिंसात्मक प्रदर्शन भएका थिए। विधेयकविरुद्ध उत्तर प्रदेशमा भएको हिंसात्मक प्रदर्शनमा ८ वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको थियो। त्यस्तै असम राज्यमा पनि दुई जनाको ज्यान गएको थियो। यसैगरी उक्त नागरिकता कानूनलाई लिएर मुस्लिम मुलुकहरुले आपत्ति जनाएका थिए।

सेना परिचालन गर्न माग
दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरिवालले हिंसा रोक्न सेना परिचालन गर्नुपर्ने बताएका छन्। उनले बुधबार ट्वीटर मार्फत् भड्किएको हिंसा रोक्न सेना परिचालनका लागि गृहमन्त्रीसँग माग गरेका हुन्। ‘प्रहरीले आफ्नो भरपुर प्रयासका बाबजुत स्थितिलाई नियन्त्रण गर्न सकेको छैन,’ उनले लेखेका छन्, ‘कफ्र्यू लगाइएका क्षेत्रमा सेना ल्याउनुपर्छ र बाँकी प्रभावित क्षेत्रमा तुरुन्त परिचालित गर्नुपर्छ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.