सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते

जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार बिहान ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बरको ट्याक्टर सिमधारास्थित ग्रामिण कच्ची सडकमा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा परी चालकसहित ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा गौमुल गाउँपालिका ६ का २१ वर्षीय ट्याक्टर चालक प्रकाश रोकाया, र सोही गाउँपालिका ४ कौणाकोट बस्ने ट्याक्टर साहु ४८ वर्षीय तुला बुढा, सोही वडाकै १८ वर्षीय अनुप रोकाया, १९ वर्षीय भुवन बुढा, १५ वर्षीया स्मृती सार्की, १५ वर्षीया सुर्मा सार्की, १६ वर्षीया सरिता सार्की, १७ वर्षीया सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षीया दिपक रोकाया रहेका छन् ।

Sana Kishan

ट्याक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने ट्याक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टर सडक भन्दा करिब एकसय मिटर तल खसेको छ ।

World Link Ads
Mahakali Polytechnic

दुर्घटनामा घाइते भएकाको उपचारको लागि जिल्ला अस्पताल बाजुरा पुगेर गौमुल गाउँपालिलकाका अध्यक्ष हरीबहादुर रोकायाले तदारुक्ता देखाएका छन् । घाइते हुनेमा बढी स्कुले बिद्यार्थीहरु रहेको छन् । कक्षा आठको फर्म भर्न फोटा खिच्न गाउँपालिकाको केन्द्र घट्मुना आउने क्रममा दुर्घटना भएको बुझिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.