• समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • मनोरन्जन
  • समाज
  • स्वास्थ्य
  • अन्र्तवार्ता
  • बिचार
  • कला
  • वातावण
सुदुरपश्चिम खबर
No Result
View All Result
No Result
View All Result
सुदुरपश्चिम खबर
No Result
View All Result

मेयरको महानता ! गल्ती स्वीकारे, सरकारी गाडी दुरुपयोगको समाचारमा मेयरले दिए धन्यवाद

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
February 25, 2020
in मुख्य समाचार, राजनीति
0
मेयरको महानता ! गल्ती स्वीकारे, सरकारी गाडी दुरुपयोगको समाचारमा मेयरले दिए धन्यवाद

महेन्द्रनगर १३ फागुन ।

– जनप्रतिनिधिले सरकारी सम्पतिको दुरुपयोग गरेका खबरहरु आइरहेका छन् । जनप्रतिनिधिहरुको अनियमितताबारे समाचार लेख्दा पत्रकारमाथि नै भौतिक आक्रमणका घटना हुने गरेका छन् । जनप्रतिनिधिहरुले आफूले गरेको गल्तीको प्रायश्चित गर्ने घटना एकदमै कम छन् ।

तर, एक जना मेयरले आफूले गरेको गल्तीको प्रायश्चित गरेका छन् । उनले आफूले गल्ती गरेको भन्दै पत्रकारलाई धन्यवाद दिएका छन् । उनले सरकारी गाडी दुरुपयोग गरेको समाचारबारे आफूले गल्ती स्वीकार गरेका छन् ।

कंचनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले आफूले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको स्वीकार गर्दै माफीसमेत मागेका छन् । कंचनपुरकै स्थानीय पत्रिका मानसखण्डले ‘सरकारी गाडीमा मेयर चन्दको रजाइँ’ नामक शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

उनले पत्रकार खेम भण्डारीले पारदर्शिता,सुशासन ,सदाचार र सरकारी गाडी दुरुपयोगका बारेमा समाचार प्रकाशित गरेकोमा खुशी व्यक्त गरेका छन् ।

उनले उक्त समाचारले आफूले गरेका कमी कमजोरी सच्याउन र गल्ती नदोहोर्याउन मद्धत पुगेको भन्दै खुशी व्यक्त गरेका छन् ।

‘मैले गरेका कमी कमजोरी सच्याउन्, गल्ती नदोहोर्याउने र आफुलाई रूपान्तरित हुने अवसर दिनु भएकोमा हार्दिक धन्यबाद व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘म खटिमा तपन हस्पिटलमा स्वास्थ्य उपचारमा दिउसो १ः०० बजे महेन्द्रनगरबाट खटिमा गएको थिए फर्किंदा २ः३० देखी ३ः३० बजेको बिचमा बाटोमा चक्रपुरको मेला लागेको थियो र एक छिन सड्क छेउमै गाडी पार्किङ्ग गरेर मन्दिर परिसरमा रहेको महादेवको मूर्ति अवलोकन गरेर फर्केको साँचो हो ।’

उनले आफूले सरकारी गाडी प्रयोग गर्नै नहुने बताएका छन् । उनले भनेका छन्, ‘यही हो कि सरकारी गाडी लैजानु पर्ने थिएन त्यसैले गाडी दुरुपयोग भएकोमा कमी कमजोरी भएको स्वीकार गर्दछु । सबैको जानकारीका लागी अनुरोध छ ।’

अहिले उनले गल्ती स्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंशा भइरहेको छ । धेरैले यसलाई प्रशंसनिय काम भनेका छन् । साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेता र अन्य जनप्रतिनिधिहरुले पनि यस्तै सुधारको काम गर्नुपर्नै खाँचा औल्याएका छन् ।

Previous Post

मार्मामा सिटी लिङ्क कम्प्युटरको शाखा विस्तार

Next Post

बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते

Next Post
बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते

बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Home
  • Our Team
  • Privacy Policy

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home
  • Our Team
  • Privacy Policy

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.