महेन्द्रनगर ११ फागुन ।
दार्चुलाको मार्मा गाँउपालिकामा सिटी लिङ्क कम्प्युटर ईन्सिच्युटको शाखा विस्तार गरिएको छ । महेन्द्रनगरमा केन्द्रीय कार्यायल रहेको उक्त कम्प्युटर इन्स्युटुडले मार्मामा पनि शाखा विस्तार गरेको हो ।]
कम्प्युटर ईन्सिच्युटका सञ्चालक एव्म प्रवन्धक निर्देशक दिनेश सिंह महराले आईतबार एक भव्य कार्याक्रममा बिच मार्मा शाखाको उद्धघाटन गरिएको बताए । उनका अनुसार दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यका साथ सेवा विस्तार गरिएको हो ।
शाखाको उद्धघाटन मार्मा गाँउपालिका ३ का वडाध्यक्ष पुष्कर सिंह विष्टले गरे । प्रवन्धक निर्देशक महराको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि मार्मा, नेकपा इन्चार्ज देब सिंह महर, माधव सिंह बिष्ट (बजार ब्यस्थापन अध्यक्ष) राजेन्द्र प्रसाद जोशी (शिक्षा अधिकृत) प्रशिक्षक धिरेन्द्र महरालगायतको सहभागीता रहेको थियो ।
दुर्गम क्षेत्रमा कम्प्युटर इन्स्युटुड खुलेपछि स्थानीय हर्षीत भएका छन् । लामो समय देखि गुणस्तरीय सेवा दिईरहेको सिटी लिङ्क कम्प्युटर महेन्द्रनगरको चर्चित ईन्सिच्युट मध्येमा पर्छ ।