महेन्द्रनगर १२ फागुन ।
महेन्द्रनगरस्थीत जनज्योती माध्यमीक विद्यालयको पाँचौ वार्षीकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
सोमबार एक कार्याक्रमका बिच वार्षीकोत्सव सम्पन्न भएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आथित्यमा भएको कार्यक्रममा जनज्योती फाउन्डेसनका सञ्चालक, अभिभावक, विद्यार्थीको सहभागी रहेको थियो ।
कार्यक्रममा बोल्दैँ नगर प्रमुख विष्टले नगरपालिकाले २५ वर्षे गुरु योजना बनाएर शैक्षिक विकासलाई गति दिएको बताए ।
उनले शिक्षा क्षेत्रमा निजि क्षेत्रले महत्वुपर्ण योगदान रहेको बताउँदै सहकार्य र सहयोगका लागि प्रतिवद्धता समेत जनाए ।
वार्षीकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उत्कष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ भने विभिन्न साँस्कृति कार्यक्रम समेत आयोजना गरिएको थियो ।