Sunday, January 17, 2021

वेस्ट इण्डिज बिरुद्ध श्रीलंका एक विकेटले बिजयी

- Advertisement -

कोलम्बोमा हिजो सम्पन्न एकदिवसीय खेलमा घरेलू टीम श्रीलंकाले वेस्ट इण्डिज बिरुद्ध एक विकेटले रोमांचक जीत हात परेको छ ।

२९० रनको चुनौतिपुर्ण लक्ष्यको लागि ब्याटिंङमा आएको श्रीलंकाले ४९ दशमलब एक ओभरमा नौं विकेटको नोक्सानीमा जीत हात पार्यो ।

श्रीलंकाको लागि ओपनरद्वय अभिषेक फर्नान्ड़ो र कप्तान दिमुथ करुणारत्ने पहिलो विकेटका लागि १८ ओभरमा एक सय ११ रन जोड्दै राम्रो शुरुवात दिए । करुणारत्ने ५७ बलमा ५२ तथा फर्नान्ड़ो ५५ बलमा ५० रन बनाएर आउट भए ।

त्यस पछि तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका कुशल परेरा ४२ रनमा आउट भए भने त्यस पछिका ब्याट्सम्यानले उलेख्य योगदान दिन सकेनन् । एक समय हार तर्फ उन्मुख रहेको श्रीलंकाको लागि थिसारा परेराले २२ बलमा ३२ रनको योगदान दिए भने आठौं नम्बरमा ब्याटिंङ गर्न आएका वानिन्दु हसरंगाले ३९ बलमा चार चौका र एक छक्काको मद्धतमा अविजित ४२ रन प्रहार गर्दै श्रीलंकाको जीत सुनिश्चित गरे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको वेस्ट इण्डिजले पुरै ५० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २८९ रनको चुनौतीपूर्ण योगफल तयार पार्यो ।

वेस्ट इण्डिजका ओपनर तथा विकेट किपर ब्याट्सम्यान शे होपले सर्वाधिक ११५ रन प्रहार गरे । १४० बलको सामना गरेका उनले १० चौका प्रहार गरे । पछिल्लो १५ एकदिवसीय खेलमा होपको यो छैठौं शतक हो भने समग्रमा आठौं शतक हो ।

होप बाहेक रोस्टन चेजले ४१ तथा डेरेन ब्राभोले ३९ रनको योगदान दिए भने अविजित रहेका किमो पौल र हेडेन वाल्शले तुफानी पारी खेल्दै क्रमसः १७ बलमा ३२ रन र आठ बलमा २० रन बनाए ।

श्रीलंकाका इसुरु उडानाले सर्वाधिक तीन विकेट लिए । महँगो साबित भएका उनले १० ओभरमा ८२ रन खर्चिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

२ माघ, काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८...

बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी

काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा ऐतिहासिक चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छिन्।...

स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्टद्वारा शोक...

दुवै मिर्गौला बिग्रेका कारण २५ वर्षको उमेरमा निधन भएका क्रिकेटर कुन्दन सिंहको निधन प्रति नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध अस्ट्रेलियाको बिग ब्यास लिगको...

अस्ताए नेपाली क्रिकेटर सिंह २५ बर्षकै उमेरमा

जलेश्वर – राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी...

पारससहित १० खेलाडी पिएसएल ड्राफ्टमा

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडी ड्राफ्टमा परेका छन् । पाकिस्तान क्रिकेट...

किङ स्मिथले गरे भारतिय बलरको धुलाई, ठोके करियरको २७ औं टेस्ट...

काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याट्सम्यान स्टीव स्मिथ, जोभारतको बिरूद्ध पहिलो दुई टेस्टमा फ्लप भए । उनले सिडनी क्रिकेट मैदानमा भईरहेको तेस्रो खेलमा भने शानदास...

आफ्नो टिम लाई जिताउन सकेनन् सन्दिपले ।

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत बिहिबार सम्पन्न ३१ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स कलम फर्गुसन कप्तानीको...

सन्दिपको टिमले सिड्नी थन्डर्ससँग प्रतिस्पर्धा गर्दै

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको टिम होबर्ट हुरिकेन्सले बिग ब्यास लिगमा आज सिड्नी थन्डर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो १२...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया