सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतको मुम्बइमा नेपालीको अत्याधुनिक स्टुडियो

भारतको मुम्बई (गोरेगाउ वेस्ट मोतिलालनगरमा भारतकै पहिलो नेपाली स्टुडियो बिग परिवेश रेकर्डिङ स्टुडियो नेपाल काठमाडौको शाखा उद्घाटन भएको छ। उक्त स्टुडियो चर्चित गायिका दीपा नारायण झाको प्रमुख आतिथ्यतासंगै थुप्रै प्रवासी नेपाली कलाकारहरुको उपस्थितिमा उदघाटन गरिएको हो ।
मौलिक भाका संस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्देश्य बोकेर निर्माण गरियको बिग परिवेश स्टुडियो नेपाली गीत संगीतलाई प्रवाशमा बसेर पनि संरक्षण गर्न सकिन्छ भन्ने उदाहरणीय कुरा पनी हो । यस स्टुडियोका सञ्चालक गायक, संगीतकार तथा म्युजिक एरेन्जर भुवन प्रकाश बडु रहेका छन ।

उनले ०५० सालदेखि गीत संगीतलाई आफ्नो धरोहर मानेर थुप्रै उदाहरण्ीाय कार्य गर्दै अर्थात नेपाली गीत संगीतमा अहंम भुमिका निर्वाह गर्दै चकित पारेका थिए भुवनले । नेपाली गीत संगीतलाई देश तथा विदेशमा फैलाउन र सरक्षण गर्न भारतमा स्टुडियो खोलिएको भुवन प्रकाश बडुले बताए । प्रमुख अतिथिको रुपमा रहेकी चर्चित गायिका दीपा नारायण झाले रिबन काटेर स्टुडियोको उदघाटन गरेकी हुन । दीपा नारायण झाले उदघाटनको क्रममा स्टुडियो लाई सफलताको शुभकामना सङ्गै भारतमा नेपालीहरुको लागि पहिलो रेकर्ड स्टुडियो स्थापना भएको र प्रवास मा बसेर गीत संगीत र आफ्नो मौलिक कला संस्कृतिलाई माया गर्ने सम्पूर्ण नेपाली हरुको लागि बिग परिवेश रेकर्डिङ स्टुडियो सुनौलो अवार रहेको बताइन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.