सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

७३७ म्याक्सको निरीक्षण बढाउँदै बोइङ

फागुन १०, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स विमानको निरीक्षण बढाउने भएको छ ।

विमानको इन्धन ट्यांकीमा फोहोरको टुक्रा पाइएपछि कम्पनीले विमानको आन्तरिक निरीक्षण विस्तार गर्न लागेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।

कम्पनीले स्वयम् निरीक्षण गरेको मध्ये करीब दुई तिहाइ ७३७ म्याक्स विमानको इन्धन ट्यांकीमा फोहोरको टुक्रा पाइएको थियो । ७३७ म्याक्सको समस्या समाधान गर्न कम्पनीलाई सकस भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यस्तोमा नयाँ समस्या देखिएको छ । गत वर्ष ३४६ जनाको ज्यान जाने गरी दुई ओटा विमान दुर्घटना भएपछि मार्चदेखि विश्वभर यो विमान ग्राउन्डेड छ । कम्पनीले डेलिभरी दिइ नसकेको नयाँ ७३७ म्याक्स विमानको प्रारम्भिक निरीक्षण गर्दा यीमध्ये ४०० थानभन्दा धेरैको ट्यांकीमा फोहोर पाइएको थियो ।

Dirghayu Ads

यो समस्या अस्वीकार्य भएको र हरेक विमानबाट यो समस्या निर्मूल पार्न उपयुक्त कदम चालिने बताइएको छ । यो हप्ताको शुरुमा बोइङले धातु खुर्किन (मेटल शेभिङ) ७३७ म्याक्सको इन्धन ट्यांकीको निरीक्षण शुरु गरेको थियो ।

विमान निर्माणको क्रममा आइपर्ने यो सामान्य समस्या हो । तर यस्ता समस्या कम गर्न कम्पनीलाई निकै गाह्रो हुने गरेको छ । कम्पनीको पछिल्लो निर्णयले ७३७ विमान यस वर्षको मध्यमा पुन : सेवामा फर्काउने योजना भने परिवर्तन नहुनेमा बोइङले जोड दिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.