सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सञ्‍चारमन्त्री अडियो प्रकरण : ओली र प्रचण्डबीच छलफल, राजीनामाका लागि दबाब

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता जारी छ। दुई अध्यक्षबीच सञ्‍चारमन्त्री गोकुलप्रसाद बास्कोटाको विवादास्पद अडियो प्रकरणबारे छलफल भइरहेको जनाइएको छ। छलफल बिहीबार बिहान १० बजेबाट सुरु भएको हो।

भ्रष्टाचारको कुरा आएकाले राजिनामा माग्नुपर्ने नेताहरुबीच छलफल भइरहेको छ। सञ्‍चारमन्त्रीले अडियो प्रकरणबारे आज पत्रकार सम्मेलनमा जानकारी दिनेछन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको छ।

Sana Kishan

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं २५ निस्कियो भने कति हुन्छ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’

World Link Ads
Mahakali Polytechnic

यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे,’ त्यो भनेको कति हुन्छ? मिश्रले भने ‘५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्याक गइयो भने।’

Dirghayu Ads

नेकपाभित्रको एउटा समूहले सार्वजनिक रुपमा मन्त्री बाँस्कोटामाथि गम्भीर यस्तो आरोप लागेपछि राजीनामा दिएर छानबिनलाई सघाउनुपर्ने दबाब नेतृत्वलाई दिएको स्रोतले बतायो। विगतमा शेरबहादुर तामाङले नैतिकताका आधारमा राजिनामा दिएर सहज बनाउने काम गरेकाले बास्कोटाले पनि नैतिकताका आधारमा राजिनामा दिनुपर्नेमा नेकपाभित्र पनि छलफल सुरु भएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.