Wednesday, January 20, 2021

कञ्चनपुरबाटै मन्त्री बाँस्कोटाले भने ‘आरोप ठूलो कुरो होइन, दिनदिनै लाग्छ’

- Advertisement -

महेन्द्रनगर : सूचना तथा सञ्‍चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन्। बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवन उद्‍घाटन कार्यक्रममा बोल्दै आफूमाथि लागेको आरोप तथ्यका आधारमा प्रमाणित गर्नुपर्ने प्रष्ट पारे।

‘आरोप आफैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ ।सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छन्,’ उनले थपे , ‘कहिले राष्ट्रघात, कहिले विकास निर्माण त कहिले भ्रष्टाचार गरेको आरोप लाग्छ, हामी संघर्ष गर्दै अगाडि बढ्छौं।’

उनले यस्ता आरोप असत्य प्रमाणित हुने दाबी गरे । सरकार सञ्‍चालन गर्दा आरोप लाग्ने गरेको स्वभाविक भएको बताउँदै संघर्षसित जुध्दै जाने उनले बताए ।

‘सरकार भ्रष्टाचारमा डुब्यो भन्छन् खै कहाँ डुब्यो ?,’ उनले प्रश्न गरे। बालुवाटार प्रकरणमा सरकारले सत्यतथ्य छानविन भइरहेको दावी गर्दै उनले माधव कुमार नेपाल र विष्णु पौडललाई अदालतले निर्दोष ठहर भएको जिकिर गरे । ‘तथ्य प्रमाणले जे भन्छ त्यही गर्ने हो,’उनले भने, ‘अदालतको निर्णय पनि नमान्ने हुन्छ ?’

सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । ‘७० करोडको कुरा आएको छ के भयो त अरबको कुरा पनि आउँला, ‘उनले भने, ‘ममाथि लागेको आरोप मैले पुष्टि गर्न सक्नुपर्छ ।उनले केही व्यक्तिले सरकारको बदनाम गर्न निराधार आरोप लगाउने गरेको बताए।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

देशको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ खर्ब लाग्ने !

काठमाडौं- कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले...

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

मोटरसाइकल र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु !

विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको...

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया