सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्तमान सरकार विकासको गतिमा तीब्रताका साथ दौडिरहेको छ : मन्त्री बाँस्कोटा

तेह्रौं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले वर्तमान सरकार विकासको गतिमा तीब्रताका साथ दौडिरहेकोले कसैले अबरोध सृजना गर्दैमा नडगमगाउने दाबी गर्नुभएको छ ।

Sana Kishan


कञ्चनपुर उद्योग वाणिज्य संघले महेन्द्रनगरमा आयोजना गरेको तेह्रौं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले निजी क्षेत्रलाई पारदर्शी भएर कर तिर्न र लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले सरकारी, गैरसरकारी र निजी लगानीमा स्रोतसाधनको पहिचान गरी उत्पादकत्व र रोजगारी सृजना गर्ने सरकारको दीर्घकालीन नीति रहेको उल्लेख गर्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले एमसिसीका सन्दर्भमा व्यापक छलफल भइरहेकोले सरकारले एमसिसी सम्झौता गर्ने जिकिर गर्नुभयो । मन्त्री बाँस्कोटाले अन्य राष्ट्रसंग पनि सरकारले सम्झौता गर्ने उल्लेख गर्नुभएको छ ।

शिक्षा, भूमि लगायतका विषयमा पनि सरकारको नयाँ नीति आइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले सुदूरपश्चिम प्रदेशका पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रले पनि सकृयता बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.