Sunday, January 17, 2021

कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

- Advertisement -

बेइजिङ — कोरोना भाइरसका कारण वुहानमा एक अस्पतालका निर्देशककै मृत्यु भएको छ । भाइरसको उद्‍गमस्थल वुहानको वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

केही चिनियाँ सञ्चारमाध्यमले सोमबार नै निर्देशक झिमिङको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए। तर चिनियाँ अधिकारीहरुले निर्देशक झिमिङ अस्पतालमा उपचाररत भएको बताएपछि ती समाचार सच्याइएको थियो।

त्यस्तै गार्डियनका अनुसार हुबेईकै इझौ सिटी मेडिसिन हस्पिटलका पूर्व निर्देशक चु डेपुको गत हप्ता मृत्यु भएको थियो। पछिल्लो समय कोरोना भाइरसको संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीकै मृत्यु भएको समाचार सार्वजनिक भइरहेको छ।

कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु

नोवल कोरोना भाइरसका कारण हालसम्म चीनमा एक हजार८ सय ६८जनाको मृत्यु भएको छ ।

यस बाहेक फिलिपिन्स,ताइवान,हङकङ,फ्रान्स र जापानमा एक–एक जना गरी पाँच जनाको मृत्यु भएको छ । चीनमामंगलबार बिहानसम्म संक्रमितको संख्या७३हजार४ सय २९पुगेको छ ।यसबाट संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार नाघेको छ।

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुने र यसबाट ज्यान गुमाउनको संख्यामा कमी आएको बताएको छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन...

इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो

काठमाडौँ – – इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर...

हैदरावाद हाउसमा सुरु भयो नेपाल–भारत संयुक्त बैठक

काठमाडौं। नेपाल(भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक...

उत्तर काेरियाद्वारा संसारकै सबैभन्दा शक्तिशाली अस्त्र बनाएको दावी

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक  छ।सरकारी सञ्चारमाध्यमले त्यसलाई “संसारकै सबैभन्दा शक्तिशाली अस्त्र” भनेर वर्णन गरेका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार...

चीनले बनाएको खाेप अत्यन्तै कमजोर , ब्राजिलमा गरिएको परीक्षणमा ५० प्रतिशत...

चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन्।नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया