Tuesday, January 19, 2021

सुदूरपश्चिम सरकारलाई कांग्रेसको १५ नम्बर, नेकपाको ५०

- Advertisement -

कैलाली- प्रदेशसभा बैठकमा आएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद कर्ण मल्ललाई केही पत्रकारले सरकारको दुई वर्षको समीक्षा गर्न आग्रह गरे । खरो स्वाभावका सांसद मल्लले सरकार निर्लज्ज भएको टिप्पणी गरे ।

‘सरकार निर्लज्ज अवस्थामा छ । यसलाई सरकार भन्न मिल्दैन’ उनले भने ‘यसको ढंग पनि छैन । जवाफदेहीता पनि छैन । पारदर्शी पनि छैन ।’

‘सरकारले एक सय पूर्णाङ्कमा कति नम्बर ल्याउला त’ पत्रकारको प्रश्न ।

‘उल्टोबाट सय नम्बर छ’ सरकारप्रति गुनासो पोख्दै उनले भने, ‘अनुशासनहीन र अकर्मण्यताको सरकार हो यो । कानुन ३२ वटा बनेको छ । तर, ३२ अक्षर पनि पालना भएको छैन । बजेट अपारदर्शी छ । भ्रष्टाचार चरमचुलीमा छ ।

प्रतिपक्षी दलका सांसदहरूले सरकारले दुई वर्षमा केही गर्न नसकेको आरोप लगाइरहँदा प्रदेश सरकारले पनि दुई वर्षका उपलब्धी सार्वजनिक गर्न सकेको छैन ।

प्रदेश सरकारले घोषणा गरेको सुपथ मूल्य पसल, प्रदेश क्रिकेट मैदान, सबै स्थानीय तहमा हाट बजार, प्रदेश खाद्य डिपो, औद्योगिक ग्राम, जडीबुटी प्रशोधन केन्द्र स्थापनालगायतका योजना पनि सुरु हुन सकेको छैन ।
सोमबार प्रदेश सरकारको दुई वर्ष पुरा हुँदा प्रतिपक्षी दलका सांसद मात्रै होइन सत्तारुढ दलका सांसद पनि सन्तुष्ट देखिएनन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद अमर साउदले अपेक्षा अनुसारको उपलब्धि आउन नसकेको बताए । उनले सरकारको कामको मूल्याङ्कन गर्दै ५० नम्बर दिन सकिने बताए । ‘जति सन्तोष हुनुपर्ने थियो त्यति सन्तुष्ट छैन’ उनले भने ‘मेरो तर्फबाट सरकारलाई ५० नम्बर हो । त्यो भन्दा बढी नम्बर दिन सक्ने अवस्था छैन ।’

सुदूरपश्चिम सरकारले प्रदेशका ९ वटै जिल्लामा प्रदेश गौरवका सडक बनाउने लक्ष्य राखेको थियो । त्योसँगै प्रदेश बस सेवा सञ्चालन गर्ने योजना पनि छ । तर अहिलेसम्म दुवै अलपत्र छ । नेकपाकी सांसद पूर्णा जोशीले सरकारको काम निकै सुस्त भएको प्रतिक्रिया दिइन् ।

‘सरकारको आफ्नो योजना छैन । त्यसैले नम्बर दिने अवस्था पनि छैन’ उनले भने ।

सामाजिक विकासमन्त्रीबाट बर्खास्तीमा परेका नेकपा सांसद दीर्घ सोडारीले सरकारले पासमार्क ल्याएको बताए ।

‘सरकार सुस्त गतिमा छ । अब द्रुत गतिमा जनतको अपेक्षा पुरा गर्नुपर्छ’ उनी भन्छन्, ‘सरकारले पास मार्क ल्याएको छ । ५० प्लस छ । माइनस छैन ।’

प्रदेश सरकारले घोषणा गरेको सुपथ मूल्य पसल, प्रदेश क्रिकेट मैदान, सबै स्थानीय तहमा हाट बजार, प्रदेश खाद्य डिपो, औद्योगिक ग्राम, जडीबुटी प्रशोधन केन्द्र स्थापनालगायतका योजना पनि सुरु हुन सकेको छैन ।

नेकपाका सांसद कुलवीर चौधरीले कर्मचारी समायोजनको कारणले सरकारले काम गर्न नसकेको जनाए । उनले दुई वर्षको कामको आधारमा सरकारलाई ५० नम्बर दिन सक्ने बताए । ‘नगरेको होइन । गर्दागर्दै पनि नभएको हो । कर्मचारी समायोजनले समस्या गर्‍यो’ उनले भने ।

नेकपाका सांसद लालबहादुर खड्काको नजरमा सरकारको काम प्रथम श्रेणी सरहको छ । उनले भने, ‘सरकारले व्यवस्थापनको काम गरिरहेको छ । देखिने काम मात्रै नभएको हो । प्रदेश सरकार प्रथम श्रेणीमा छ ।’

सरकारले बिजनेस दिन नसक्दा पाँच महिना स्थगित भएको प्रदेशसभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएको छ । प्रदेशसभाले बनाएको कानुन पनि कार्यान्वयन नभएको सत्तारुढ दलकै सांसदहरूको भनाइ छ ।

नेकपाका सांसद लिलाधर भट्ट सरकार आफ्नै गतिमा चलिरहेको बताउँछन् । ‘तुलनात्मक रूपमा ठीकै छ । जति सोचेका थियौं त्यो भएन । तर, पनि सन्तुष्ट हुनुपर्छ’ उनले भने, ‘यो उत्साहजनक पनि होइन । निराशाजनक पनि छैन । सरकारलाई ५० देखि ६० सम्म नम्बर दिन सकिन्छ ।’

सत्तारुढ दलका अधिकांश सांसदहरूले सरकारलाई पास नम्बर दिए पनि प्रतिपक्षी दलका सांसदहरू सरकार फेल भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले बजेट खर्च गर्न नसकेको भन्दै सरकारलाई १५ नम्बर पनि दिन नसकिने बताउँछन् ।

‘सयमा पन्ध्र पनि दिन सकिँदैन’ उनी भन्छन् , ‘फेल भयो सरकार । कुनै पनि योजना कार्यान्वयन गर्न सकेन । ७ महिना बितिसक्दा पनि अख्तियारी दिएको छैन । भ्रष्टाचार बढेको छ । शान्ति सुरक्षाको अवस्था चिन्ताजनक छ । महँगी पनि घटेन ।’

राष्ट्रिय जनता पार्टी राजपाको मूल्याङ्कनमा पनि सरकार पास भएको छैन । राजपाकी सांसद मालामति देवी रानाले भनिन्, ‘सरकारको काम प्रति हामी सन्तुष्ट छैनौँ । शतप्रतिशत नम्बर दिने पक्षमा थियौं । तर, काम हेर्दा १५ देखि २० नम्बर मात्रै दिन सक्छौं ।’

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले कर्मचारी, संयन्त्र, संरचना र अधिकार प्राप्ति ढिलाइ हुँदा केही समस्या भइरहेको बताए ।
‘हातखुट्टा बाँधेर पोखरीमा छोड्दिएपछि तपाई परिणाम निकाल्न सक्नुहुन्छ ?’ उनले भने, ‘हाम्रो अवस्था पनि त्यस्तै छ ।’ -अनलाईन खबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया