सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगर ईजलासका न्यायधिसको चल्दैँ गरेको गाडीमा आगलागी

महेन्द्रनगर ५ फागुन ।

उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासका न्यायधिसको चढेको गाडीमा आगो लागेको छ । सोमबार कार्यलयबाट फर्कीने क्रममा चल्दैँ गरेको गाडीमा एक्कासी आगो लागेको हो ।

न्यायधीस शरन्दा सुविदी चढेको बा १ झ ८८६३ नम्बरको कार विपिन पेट्रोल पम्प नजिकै तेल हालेर फर्कीने क्रममा एकाएक आगो लागेको हो ।
भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा न्यायधीस सुवेदीको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनका अनुसार कार्यालयबाट निवासतर्फ जाँदा तेल हाल्ने क्रममा न्यायधीस सुवेदीको गाडीमा आगलागी भएको हो । वाइरिङ्ग सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गाडीको भित्र भाग (सिटहरु) पुरै जलेर नष्ट भएका छन् ।

अन्य कुनै क्षति भने भएको छैन् । भीमदत्त नगरपालिको दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.