Sunday, January 17, 2021

माछा खान र र्‍याफ्टिङका लागि चिसापानी

- Advertisement -

गणेश चौधरी
(टीकापुर) — कोहलपुरबाट माइक्रो बस चढ्ने क्रममा धनगढीका रमेशप्रसाद भट्टराईले सहचालकलाई कर्णाली चिसापानीमा खाना खान रोक्नु पर्ने सर्त राखे । चिसापानीमा नै खाना खान रोक्नुपर्ने रमेशको सर्तपछिको अन्तर्य त्यहाँ पाइने माछा नै हो । साथीहरूसँग समूहमा आएका उनले भने, ‘यो रुटमा आवतजावत गर्दा चिसापानीको माछा खाने अवसर छुटाएको छैन ।’

यहाँका होटेलमा फ्राई, ग्रेभी, स्टिम, सेकुवा, सुकुटी, पकौडा, ममलगायत माछाका विभिन्न परिकार पाइन्छ । खान मात्रै होइन, सुकाएको र ताजा माछासमेत बिक्री हुने गरेको छ ।

चिसापानी हुँदै पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने धेरैको चाहना रमेशको जस्तै हुन्छ । टीकापुर–नेपालगन्ज खण्डमा माइक्रो चलाउने महेन्द्र भण्डारी धेरै यात्रुले चिसापानीमा माछा खानकै लागि बस रोक्न आग्रह गर्ने गरेको बताए । चिसापानीमा होटल व्यवसाय गर्दै आएका अर्जुन अधिकारीले भने, ‘पहिले–पहिले माछा खान त्यति रुचाउँथेनन् । पछिल्लो समय यहाँ आउने धेरैको माग माछा नै हुन्छ । त्यसमाथि माछा खाने भनेपछि पहिलो नम्बरमा चिसापानीको नाम आउँछ ।’

स्थानीय व्यवसायी लब शाहीका अनुसार यहाँ होटेलअनुसार फ्राई, ग्रेभी, स्टिम, सेकुवा, सुकुटी, पकौडा, ममलगायत माछाका विभिन्न परिकार पाइन्छ । खान मात्रै होइन धेरैले यहाँबाट माछा किनेर पनि लैजान्छन् । अधिकारीका अनुसार सुकाएको माछा प्रतिकिलो २५ सय र आलो माछा ६ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । धनगढी र नेपालगन्जको मध्यभागमा पर्ने सुदुरपश्चिमको प्रवेशद्धारको रुपमा रहेको चिसापानी दशकौंअघि हटेरु बजारका रुपमा स्थापना भएको थियो । अहिले भने आन्तरिक पर्यटकका लागि प्रमुख गन्तव्यका रुपमा विकसित भइरहेको छ ।

कर्णाली नदीको माछा खान, साहसिक जलयात्रा गर्न, नेपालकै नमूना र आकर्षक पुल तथा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको इन्टेक अवलोकनका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् । पर्यटक आगमन बढ्दै गएपछि यहाँ होटलको संख्यासँगै स्तर पनि बढेको अधिकारी बताउँछन् । उनले भने, ‘सिद्धार्थ, सिद्धबाबा, लुक लगायतका होटल ठूलो लगानीमा सञ्चालनमा आएका छन् ।’

एक सय ७० किमीसम्म जलयात्रा

अन्य नदीमा भन्दा कर्णालीमा लामो दूरीमा र्‍याफ्टिङ गर्न सकिने भएकोले यसमा पर्यटकको रुची बढेको व्यवसायी बताउँछन् । कर्णाली र्‍याफ्टिङ एन्ड एडभेन्चरका सञ्चालक विष्णुप्रसाद जैशी भन्छन्, ‘कर्णालीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालन गर्न चुनौतीपूर्ण थियो । तर २०६९ देखि आन्तरिक पर्यटकलाई लक्षित गरी र्‍याफ्टिङ सेवा सुरु गरेका हौं । अहिले पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।’

संसारका विभिन्न १४ लामा र्‍याफ्टिङ साइटमध्ये कर्णाली पनि एक रहेको उनको दाबी छ । नेपालको सबैभन्दा लामो नदी कर्णालीमा एक सय ७० किलोमिटरसम्म जलयात्रा गर्न सकिने व्यवसायीहरू बताउँछन् । व्यवसायी जैशीका अनुसार जुम्लादेखि चिसापानीसम्म करिब १४ दिनको साहसिक जलयात्रा गर्न सकिन्छ । उनले भने, ‘पानीको वहाव बढी भएको स्थानमा जलयात्रा गर्न नसक्नेका लागि चिसापानीबाट दक्षिणतर्फ बर्दियाको ठाकुरद्वारा वा कैलालीको टीकापुरसम्म जलयात्रा गर्न सकिन्छ । हुम्लाबाट आउनेले भने साहसिक यात्रा गर्नुपर्छ ।’

छोटो दूरीमा हाल चिसापानीदेखि टीकापुर पार्कसम्म र्‍याफ्टिङ गर्न पाइन्छ । उनले भने, ‘यो जलयात्रा २८ किलोमिटर लामो छ, यसलाई पार गर्न चार घण्टा लाग्छ । लामो दूरीमा यात्रा गर्न चाहे भेरी र कर्णालीको संगमस्थल विनीघाट वा हुम्लाबाट पनि र्‍याफ्टिङ गराउने गरेका छौं ।’ र्‍याफ्टिङका क्रममा विभिन्न प्राकृतिक दृश्य, बर्दिया राष्ट्रिय निकुञ्जका जंगली जनावर, चराचुरुङ्गी तथा थरिथरिका फूलहरूको दृश्यावलोकन गर्न पाइन्छ ।

सिँचाइ आयोजनाले थपेको सुन्दरता

कर्णाली पुलको दक्षिणतर्फ निर्माण हुँदै गरेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको ‘इन्टेक’ (बाँधस्थल) ले समेत चिसापानी आउने पर्यटकका लागि आकर्षण थपेको छ । हाल इन्टेक निर्माणको केही काम बाँकी रहेकोले निर्माणस्थलमा सर्वसाधारणलाई रोक लगाइएको छ ।
तर यहाँ आउने धेरै पर्यटक बाँधसम्म पुग्न र फोटो खिच्न चाहने गरेको आयोजनाका इन्जिनियर कृष्ण विष्टले बताए । कर्णाली नदीको पुललाई पृष्ठभूमिमा राखेर यहाँबाट फोटो खिच्न सकिन्छ । आयोजनाले कर्णाली चिसापानीको सुन्दरता बढाएको उनको भनाइ छ ।-कान्तिपुर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कृष्णपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना...

कञ्चनपुरको कृष्णपुर ५ को अमखैयामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

बैतडीको सुर्नयामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

बैतडी, सत्तारुढ नेपाल कम्यूनिष्ट पाट्रि(नेकपा)ले बैतडीको सुर्नया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । पाट्रिको प्रदेश कमिटि सदस्य लिला बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा...

बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालन

बैतडी–पौष २८/ बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । संघिय सरकारको सहयोगमा वडा नं ३ श्रीकोटमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो...

आठौं नगर सभा सुरु भीमदत्त नगरपालिकाको

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको आठौं नगर सभा सुरु भएको छ । नगर सभालाई सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले सम्बोधन गरेका छन् । उनले प्रधानमन्त्री केपी...

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै माघीकाे तयारी तिब्र

थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी...

जग्गाको स्वामित्व माग गर्दै सुकुम्बासीहरुद्वारा नगरपालिकामा तालाबन्दी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका सुकुम्बासी नागरिकहरुले जग्गाको स्वामित्व माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण...

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

डोटीको आदर्श गाउँपालिकावडा नम्बर १ मा जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया