Friday, January 22, 2021

दार्चुला पुगेर भए पनि तुइनको फोटो खिचेर छाप्‍ने गरेका छन् : प्रधानमन्त्री

- Advertisement -

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । लामो समयदेखि सञ्चारमाध्यमको भूमिका र सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार फेरि त्यसलाई दोहोर्‍याएका हुन् ।

काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्‍चारमाध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने बताए। आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि प्रधानमन्त्री ओलीले पोखे।

‘कुनै कुनै सञ्‍चारमाध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि। दया लाग्छ। देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ। कुनै कुनै भन्ने शब्द प्रयोग गर्‍याछु। कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन्। भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन्। यो फोटै छाप्दैनन्,’ प्रधानमन्त्री ओलीले भने। उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए। सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनले गरे। आफूले तुइन विस्थापित गर्छु भन्दै प्रगति पेस गर्दै गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भए पनि तुइनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनले गरे।

‘मैले देखेँ, एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारो अरे। अनि मलाई चाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ। देश विकास मजाक होइन। देश विकास आग्रह पूर्वाग्रहको विषय होइन। देश विकास साझा अभिभारा हो। साझा कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विकास गरिरहेका छौं भने खुसी हुनुपर्ने। तुइन विस्थापित भएकोमा रुवाबासी छ कतिको। अचम्म लाग्छ। दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुई वटा तुइन विस्थापित गर्न बाँकी छ त्यहाँ। कति दुःख गर्‍या होला? कठैबरी।’

उनले सरकारको विकास निर्माण र सुशासनका काम देखेर खुसी हुनुपर्नेमा धेरैले पीर गरेको गुनासो गरे। उनले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातिमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पारे।।

प्रधानमन्त्री ओलीले दिनहुँ मुलुक नयाँ प्रविधिको प्रयोगमार्फत विकास र सेवाका लागि समर्पित हुँदै गएको भन्दै आइतबार आफूले झापामा गरेको पुल, बाटोको उद्‌घाटन तथा शिलान्यासको फेहरिस्त पनि प्रस्तुत गरेका थिए। -कान्तिपुर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रसिद्ध त्रिपुरासुन्दरीको भण्डार घरमा ताम्रपत्र

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको भण्डार घरको छानामा ताम्रपत्र लगाइएको छ। प्रसिद्ध शक्तिपीठको रुपमा रहेको सो मन्दिरको भण्डार घरको छानो ताम्रपत्रले छाएको त्रिपुरासुन्दरी मन्दिर...

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन सुरु, कुन तहको कति बेला ?

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आज (बिहीबार) देखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक उपस्थितिमा कक्षा सञ्चालन शुरू भएको छ । कोरोना महामारी जोखिमका कारण अनलाइनका...

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म ,...

दिपकराज भट्ट / डडेल्धुरा - डडेल्धुरा काे भागेश्वर गाउँपालिका कागजमा मात्र मदिरा निशेध गरिएकाे स्थानिय नागरिकाे गुनासाे छ । पाँच वडा रहेकाे गाउँपालिकामा गाउँ...

सुदूरपश्चिम विश्वविद्यालयको लागि महत्वपुर्ण उपलब्धी : कैलाली बहुमुखी क्याम्पस समायोजन

महेन्द्रनगर माघ । सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको स्थापनाकाल देखि नै समायोजनका लागि पक्रिया थालिएको कैलाली बहुमुखी क्याम्पस अन्नतः आंगिक क्यापसको रुपमा समायोजन भएको छ । सूदूरपश्चिम कै...

कांग्रेस डोटीका सचिव जोशी : कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए

डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले कांग्रेसको जगमा टेकेर खलनायकको चरित्र देखाएको आरोप लगाए । नेपाली कांग्रेस जोरायल गाउँपालिकाले जोरायलमा आयोजना...

कृष्णपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना...

कञ्चनपुरको कृष्णपुर ५ को अमखैयामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

बैतडीको सुर्नयामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

बैतडी, सत्तारुढ नेपाल कम्यूनिष्ट पाट्रि(नेकपा)ले बैतडीको सुर्नया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । पाट्रिको प्रदेश कमिटि सदस्य लिला बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा...

बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालन

बैतडी–पौष २८/ बैतडीको दोगडाकेदार गाउँपालिकामा अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको छ । संघिय सरकारको सहयोगमा वडा नं ३ श्रीकोटमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया