Saturday, January 16, 2021

डडेल्धुरा अस्पतालमा पुगे विशेषज्ञ चिकित्सक, सुधारिँदै सेवा

- Advertisement -

डडेल्धुरा- डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक आउन थालेपछि बन्द रहेका सेवा पुनः सञ्चालनमा आएका छन्। समायोजनसँगै चिकित्सकविहीन जस्तै बनेको अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै बन्द रहेका सेवा पुनः सञ्चालनमा आएको हो।

अस्पतालमा विशेषज्ञ सेवा पाउन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङलगायतका जिल्लाका बिरामीलाई उपचारका लागि सहज भएको छ। सुदूरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र डडेल्धुरा अस्पतालमा चिकित्सकको अभावका कारण सेवा सुविधा खस्कँदै गएको बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृतितर्फका चारजना विशेषज्ञ चिकित्कस पठाएको अस्पताल स्रोतले बताएको छ।

अहिले अस्पतालमा नौजना विशेषज्ञ चिकित्सक रहेका छन्। तीमध्ये दुई स्त्रीरोग विशेषज्ञ, एक हाड जोर्नी, एक जनरल फिजिसिएन, एक दन्तरोग, एक एनेस्थेसिया, दुई बालरोग र एकजना एम्डिजिपी रहेको स्त्रीरोग विशेषज्ञ डा. राजन शाहले जानकारी दिए। विशेषज्ञ चिकित्सक आएसँगै हाडजोर्नी, बालरोग, महिला तथा प्रसूति रोग, इन्डोस्कोपीसहित जनरल शल्यक्रिया सेवा सञ्चालन भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

‘बन्द भएका सेवा मात्र हैन,’ उनले भने, ‘हामीले थप दुई सेवा सुरु गरेका छौं।’ आङ खसेका महिलाको योनीबाटै पाठेघर निकाल्ने अपरेसनसमेत अहिले डडेल्धुरामा नै सुरु भएको स्त्रीरोग विशेषज्ञ डा. शाहले जानकारी दिए। उनले भने, ‘प्रसूति र स्त्रीरोग विभागमा सुधार गर्न सक्षम भएका छौं।’ मन्त्रिपरिषद्को गत २०७५ फागुन ३ को निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो।

हाल डडेल्धुरा अस्पतालमा यस अस्पतालमा २० जना विशेषज्ञ चिकित्सक, १९ जना मेडिकल अफिसर, ३० स्टाफ नर्स गरी नेपाल सरकार तर्फबाट १०९ जनाको दरबन्दी रहेको छ। डडेल्धुरा अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक अझैं पाएको छैन। अस्पतालले ११औं तहको मेडिकल सुपरिटेण्डेन्टसमेत पाएको छैन। तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन।

गत महिना संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालको निरीक्षण गरेका थिए। उनले विशिष्ट विशेषज्ञ अस्पतालको विकास समितिहरूले छिटै पूर्णता पाउने बताएका थिए। तर, हालसम्म विकास समितिले पूर्णता पाएको छैन।-थाहा

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोभिडको सङ्क्रमणले यी छ अङ्गमा गम्भीर प्रभाव पार्ने

। कोभिडले विभिन्न तरिकामा हाम्रो जीवनलाई प्रभाव पारिरहेको छ । यसले दैनिक जीवनको सामान्य क्रियाकलापमा बाधा पुर्‍याउने र शारीरिकदेखि लिएर मानसिक स्वास्थ्यमा ठूलो जोखिम...

शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !

On शरीरको इम्युनिटी पावर बढाउन खानुहोस् यी खानेकुरा !! खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस...

यी ९ प्रकारका सेनिटाइजर प्रयोग गर्दा स्वास्थ्यलाई गर्छ गम्भीर हानि’ (सूची...

कोरोना महामारीको फाइदा उठाउँदै नेपाली वजारमा स्वास्थ्यलाई गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन र विक्रि भइरहेको खुलेको छ । कोरोना रोकथामका लागि सर्वसाधारणलाई सेनिटाइजरको प्रयोग गर्न...

थाइराइडका रोगीले कहिल्यै नखानुहोस् यी पाँच चिज, नत्र बढ्नेछ महिनावारीको समस्या

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ। यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ।...

कृष्णपुरमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना...

कञ्चनपुरको कृष्णपुर ५ को अमखैयामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईको मृत्यु र २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

बैतडीको सुर्नयामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न

बैतडी, सत्तारुढ नेपाल कम्यूनिष्ट पाट्रि(नेकपा)ले बैतडीको सुर्नया गाउँपालिकामा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ । पाट्रिको प्रदेश कमिटि सदस्य लिला बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा...

६ महिनासम्म शिशुलाई किन पानी नदिने ?

काठमाडौं - कतिपय अभिभावकहरु पहिलो शिशु जन्मिएपछि के गर्ने कसो गर्ने भन्ने अन्योलमा पर्छन । नवजात शिशुको स्वस्थमा असर नपरोस भन्नका लागि परिवार चनाखो हुनु...

कुन उमेरमा हुने महिनावारी गडबडीलाई गम्भिर रुपमा लिने ?

काठमाडौं- महिनावारी हरेक महिलाको जिवनमा किशोरावस्थामा शुरु भई महिनामा एकपटक योनीमार्गबाट रगत जाने प्राकृतिक प्रक्रिया हो । महिनावारी कुनै पनि महिला आमा बन्नका योग्य...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया