Tuesday, January 19, 2021

सैनिक हेलिकोप्टर लिएर कालापानी उडे रक्षामन्त्री पोखरेल

- Advertisement -

दार्चुला-उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन्। आज विहान सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल सोमबार बिहान त्यसतर्फ उडेका हुन्।

ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

हिजो दार्चुला आइपुगेका मन्त्री पोरखेलले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरे। भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ।

उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ। उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गरेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए। तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला आएका थिए। सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ।

पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो। दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य शुरु भएको छ। अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...

अदालतलाई धम्की र दबाबबाट मुक्त गर्न संघर्ष अनिवार्य(नेकपाको अपिल -पूर्णपाठसहित)

नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतलाई प्रधानमन्त्री र उनका आसेपासेहरूको दबाब र धम्कीबाट मुक्त गर्न चेतनशील नागरिक संघर्षमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया