सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोरोना महामारी : चीनमा मर्नेको संख्या १७०० भन्दा बढी

हुपेई प्रान्तको वुहानमा रहेको अस्थाई अस्पतालमा कोरोना भाइरसको संक्रमितहरुको उपचार गराइरहेका विरामीहरुको उपचारका लागि हिंड्न तम्तयार रहेका चिकित्सकहरु । तस्वीर : सिन्ह्वा
फागुन ५, पेचिङ । चीनमा कोरोना महामारीका कारण हालसम्म मर्नेको संख्या १ हजार ७०० भन्दा बढी रहेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै चिनियाँ संचारमाध्यम सीजीटीएनका अनुसार सोमवार सम्म कोरोना भाइरसको संक्रमणबाट १ हजार ७७२ जनाको मृत्यु भएको छ भने हालसम्म संक्रमण हुनेको संख्या ७० हजार ६०० पुगेको छ ।

यस अघि आइतवार भाइरसको संक्रमणबाट १ हजार ६६६ जनाको मृत्यु भएको थियो ।चीनको कोरोना भाइरसको उद्गमस्थल वुहानबाट फैलिएको उक्त भाइरसको संक्रमणदर बढ्दै गएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यद्यपि चीनले कोरोना भाइरसको नयाँ संक्रमित संख्या घटेको बताएको छ । लगातार तीन दिन नयाँ संक्रमितको संख्यामा गिरावट आएको पनि उसले बताएको छ ।

Dirghayu Ads

‘रोग नियन्त्रणबारे सरकारले चालेका ठोस प्रयासले काम गर्न थालेको र प्रभावकारी कदमले विस्तारै प्रभाव देखाउन थालेको छ,’ चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतवार आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।

चीन सरकारले भाइरसको महामारी नियन्त्रणका लागि अनेकौं प्रयास गरेता पनि नियन्त्रणमा कुनै कमी नआएको विभिन्न संचारमाध्यमहरुले बताएका छन् ।

स्वास्थ्य आयोगका अनुसार कारोनाका कारण शनिवार चीनमा १४२ जनाको मृत्यु भएको थियो भने थप २ हजार ९ जनामा संक्रमण पाइएको थियो । चीनबाहिर करीब ३० देशमा लगभग ५०० संक्रमित भएको विभिन्न संचारमाध्यमले बताएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.