बैतडीको दोगडा केदार गाउ पालिकाका एक असहाय बिरामीलाई कोरियाबाट आर्थिक सहयोग गरिएको छ । कम्मरको हड्डीमा खराबी आएर हड्डी प्रत्यारोपण गर्नु परेपछि हाल वीर अस्पतालमा उपचाररत बिकास कार्की ( पृथ्वी कार्की) लाई सहयोग रकम रु १०६००० ( एक लाख छ हजार) दोगडा केदार गाउ पालिका कै समाजसेवी तथा व्यवसायी जय बहादुर कार्की मार्फत गत शुक्रबार बिरामी लाई हस्तान्तरण गरिएको हो । बिरामीको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर भएर उपचारमा कठिनाई आएपछि कोरियामा रहेका बैतडेली युवाहरु प्रकाश कार्की, चन्द्र कार्की, करन भण्डारी, लाल बहादुर साउद लगायत साथीहरुको पहलमा आर्थिक सहयोग संकलन अभियान चलाएर रकम संकलन गरिएको प्रकाश कार्कीले बताए ।
कम्मरको हड्डी सडेर हिडडुल गर्न समेत नसक्ने अवस्था रहेका कार्की वीर अस्पताल ट्रमा सेन्टर को सैय्यामा छन । बिरामी को कम्मरको हड्डी समयमै प्रत्यारोपण नगरे ठूलो समस्या आउन सक्ने र उपचारका लागि ६/७ लाख रुपैयाँ जति खर्च लाग्न सक्ने अस्पताल स्रोतले जनाएकोले थप खर्च जुटाउन सक्दो सहयोग गरी दिनु हुन सबै संग आग्रह समेत गरिएको छ ।
परस्पर सहयोग र सेवाका लागि कोरियामा नेपाली साथीहरु दुख बिरामी तथा आपत बिपतमा पर्दा कोरियामा मात्र होइन नेपालमा समेत बेला बेलामा गम्भीर खालका असहाय बिरामीहरुलाई कोरियामा रहेका नेपालीहरुले अभियान चलाएर आर्थिक सहयोग गर्दै आएका छन । पछिल्लो समयमा मात्रै डडेल्धुराको गन्यापधुराका सवारी दुर्घटनामा एउटा खुट्टा गुमाएका दिल दमाईको उपचारका लागि टेकराज पनेरुले , बझाङ बुङ्गलका खुट्टाको नसा च्यापिएर हिडडुल गर्न नसक्ने उमेश बोहराको उपचारका लागि लोकेन्द्र जागरीले, कन्चनपुरमा क्यान्सर पिडित हरि सेरालाको उपचारका लागि लक्ष्मण तिर्वाले, बझाङकी क्यान्सर पिडित सिता सिह को उपचारका लागि दिनेश विक्रम सिंह ले, क्यान्सर पिडित क्रिकेट खेलाडी केशब सिह को उपचारका लागि सुदुरपश्चिम समाज दक्षिण कोरियाले, कलेजो ट्रान्सप्लान्ट गर्न शिवांसु अवस्थी को उपचारका लागि जितेन्द्र महताले , डडेल्धुरा अमरगढी की क्यान्सर पिडित यशोदा दमाईको उपचारका लागि वीर पाल ले, कन्चनपुरमा क्यान्सर पिडित सुरेन्द्र बहादुर मल्ल को उपचार सहयोगार्थ महेश भट्टले , कोरियामा कम्पनी दुर्घटनामा परेका प्युठानका सुरज जिसीको उपचारका लागि र मृगौला पिडित रोल्पाका लोक बहादुर खड्का को उपचार सहयोगार्थ वीर कुमार ओलीले, ब्लड क्यान्सर पीडित पूर्वी रुकुमका टेकजितमान बुढा मगर को उपचारका लागि खगेन्द्र बुढाले र पाल्पा रैनादेवीका मृगौला पिडित दिपेन्द्र रेग्मी मगरको उपचार सहयोगार्थ नबिन कुमार केसी ले आर्थिक सहयोग संकलन अभियान चलाएर असक्त, असहाय को पिडामा मलहम लगाउने अभियानमा जुटेका छन ।