Friday, January 22, 2021

सुपर सिक्स कर्पोरेट क्रीकेट कप २०२० को उपाधि एन आइसी एसिया बैंकलाई, रनरअप नबिल बैंक

- Advertisement -

महेन्द्रनगरको कबर्डहलमा आज भएको फाइनल खेलमा ३ बिकेटले जित हात पार्दै एन आइसी एसिया बैंक सुपर सिक्स कर्पोरेट क्रीकेट कप २०२० को उपाधी हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नबिल बैंक ५.४ ओभरमा अल आउट हुँदै ५१ रन मात्र बनाउन सफल भएको थियो ।

नबिल बैंकको लागि गणेश धामीले १३ बलको सामना गर्दै २२ रन बनाएका थिए । भने अबिशेक घिमिरेले ७ बलमा १२ रनको योगदान गरेका थिए । एन आइसी एसिया बैंकका हरिश चन्द , हरिश गिरि र महेश शाहीले समान १-१ बिकेट हात पारेका थियो ।

५२ रनको बिजयी लक्ष पाएको एन आइसी एसिया बैंकले २ बिकेट गुमाउदै ४.३ ओभरमा लक्ष पूरा गरेको थियो । एन आइसी एसिया बैंकका लागि महेश शाहीले १८ बलमा अबिजित ४० रन योगदान दिदै आफ्नो टिमलाई बिजेता बनाएका थिए । नबिल बैंकका अबिशेक घिमिरेले २ बिकेट लिएका थिए । भने फाइनल खेलका म्यान अफ द म्याच महेश शाही घोषित भएका थिए ।
समापन समारोहमा सभापती निर्मल पाठक प्रमुख अतिथी कंचनपुर जिल्ला क्रीकेट संघका अध्यक्ष बिरेन्द्र चन्द बिशिस्ट अतिथीमा कंचनपुर डेभलपमेन्ट बैंकका सिइओ बिरुराम जैसी र खप्तड इन्डोर स्पोर्ट्स एण्ड एकेडेमीका उद्दब राज जोशीको सहभागी रहेको थियो ।

प्रतियोगिताको बिजेता बन्दै एन आइसी एसिया बैंकले नगत ७० हजार सहित ट्रफी प्रमाणपत्र मेडल र द्दितिय नबिल बैंकले नगत ३५ हजार सहित ट्रफी प्रमाणपत्र मेडल प्राप्त गरेको थियो । प्रतियोगिताको सिरिज नबिल बैंकका अबिशेक घिमिरे , बेस्ट ब्याट्सम्यान नबिल बैंकका गणेश धामी र बेस्ट बलर एन आइसी एसिया बैंकका हरिश गिरि घोषित भएका थिए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

माघ, काठमाण्डौ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज एपीएफ क्लब र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब खेल्दै छन् ।...

प्रधानमन्त्री क्रिकेट कप : पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी...

 काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब...

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वय तथा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यही माघ १२ गते देखि कञ्चनपुरको महेन्द्रनगरमा...

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

काठमाडौं, पुस ः प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय क्रिकेटअन्तर्गत प्रदेश १ विरुद्ध एपीएफका तीव्र गतिका बलर अविनाश बोहराले घातक बलिङ गरेका छन् ।...

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

२ माघ, काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८...

बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी

काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा ऐतिहासिक चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छिन्।...

स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्टद्वारा शोक...

दुवै मिर्गौला बिग्रेका कारण २५ वर्षको उमेरमा निधन भएका क्रिकेटर कुन्दन सिंहको निधन प्रति नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध अस्ट्रेलियाको बिग ब्यास लिगको...

अस्ताए नेपाली क्रिकेटर सिंह २५ बर्षकै उमेरमा

जलेश्वर – राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया