सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयः एमबीएम सातौँ ब्याचलाई अभिमुखिकरण

महेन्द्रनगर ३ माघ ।
सुदूरपश्चिमाञ्ञल विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्र्तगतको एमबीएम(मास्टर अफ विजनेश म्यानेजमेन्ट) साँतौ ब्याचलाई अभिमुखिकरण गरिएको छ । शनिबार व्यवस्थापन विभागको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण गराईएको हो ।
व्यवस्थापन संकायका विभागीय प्रमुख प्रेम बहादुर खातीले साँतौ ब्याचलाई विश्वविद्यालयको शैक्षिक गतिविधिसँगै पाठ्क्रमबारे अभिमुखिकरण गरिएको बताए ।
विश्वविद्यालयको पुर्व डीन प्रा.डा भवानी चन्द ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कञ्चन विकास बैकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, पुर्व डीन भारती जोशी, विश्वविद्यालयकाे प्राध्यापक संघका सभापती उत्तम बहादुर थापा, संघकै केन्द्रीय क्यापस कमिटी सभापती दिपकचन्द्र भट्ट लगायत प्राध्यापक तथा विद्यार्थीको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दैँ कञ्चन बैकका सिईओ जैशीले नव आगन्तुक विद्यार्थीलाई शैक्षीक ज्ञानलाई व्यवहारीक बनाउन आवश्यक रहेको बताए । उनले बैंकीङ क्षेत्रले ठुलो मात्रामा रोजगारी सिर्जना गरेको बताउँदै लगनशिल र आत्मविश्वास लिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । साथै उनले बैककोतर्फबाट हुने आवश्यक सहयोगका लागि प्रतिवद्धता समेत जनाए ।
त्यस्तै प्रमुख अतिथि एंव्म पुर्व डीन प्रा.डा चन्दले मेहनत र अनुशासनमा रहेर अध्ययनमा लाग्न जोड दिए । उनले विश्वविश्वविद्यालय यहाँ जनताको ठुलो संघर्षबाट स्थापना भएको उल्लेख गर्दैँ त्यसलाई सफलताको दिशातर्फ लग्न विद्यार्थीको महत्वपुर्ण भुमीका रहने उल्लेख गरे ।
कार्यक्रममा पुर्व डीन भारती जोशीले एमबीएमको विषयवस्तु तथा पाठ्यक्रमबारे प्रस्तुती दिनु भएकाे थियाे । साथै उनले नेपालका विश्वविद्यालयहरुमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सबैभन्दा पहिले उक्त कार्यक्रम सुरुवात गरेको गरेको समेत उल्लेख गरिन् ।
त्यस्तै विभागीय प्रमुख प्रेम बहादुर खातीले विश्वविद्यालयलाई निर्वाद रुपमा पठनपाठन हुने गरेको बताए । उनले बाहिर विश्वविद्यालयलाई जोडेर विभिन्न अपवाह फैलाईने गरेको भएपनि पठनपाठन भने नियमित रुपमा सञ्चालन भईरहेको उनको भनाई छ । उप प्राध्यापक शंकर भट्टले सञ्चालन गरेको गरेको कार्यक्रममा उप प्राध्यापक हरि शंकर पन्तले स्वागत मन्तव्य राखेका थिए । साथै एमबीएमका विद्यार्थी सुरज भट्टले पनि कार्यक्रममा मन्तव्य राखेका थिए ।
साथै कार्यक्रममा व्यवस्थापन संकाय अन्र्तगत अध्ययनरत विभिन्न समेष्टरका विद्यार्थीहरुले सांस्कतिक प्रस्तुती राखेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.