सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारका प्रवक्ता भन्छन् : ‘सरकारले कुनै काम नराम्रो गरेको छैन, हेर्नेको नजर नै नराम्रो’

'पेस्तोल भिरेर जाँदैमा कालापानी फिर्ता आउँदैन'

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकाले आफ्नो २ वर्षे कार्यकालका क्रममा एउटै नराम्रो काम नगरेको बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो भनेका हुन्।

‘सरकारले बितेका दुई वर्षमा नराम्रा काम एउटै पनि गरेको छैन, जति गरियो राम्रै राम्रा काम भएका छन्’, उनले भने, ‘नराम्रा काम देख्ने चाहिँ नजर नराम्रो हो। राम्रा काम हुँदा पनि नराम्रो लेख्ने हातहरुबारे पनि मैले प्रश्न गर्छु, गरिरहेको छु।’ सरकारका २ वर्षे कामका प्रगतिबारेमा केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने उनले जानकारी दिए। ‘केही दिनमै प्रधानमन्त्रीले २ वर्षे प्रगतिबारे सम्बोधन गर्नुहुन्छ’,

उनले भने, ‘त्यसपछि सरकारका कामबारे प्रस्तुत विवरण लिएर तपाईंहरुले लिएर क्रस चेक गर्नुस्। काम त हुँदै गर्छन्, कतिपय कामहरुमा उल्झन् पनि आउँछ।’ उनले ओली नेतृत्वको सरकारका समयमा विधिको शासन बलियो भएको दाबी गरे। ‘देशमा विधिको शासन बलियो भएको छ।

World Link Ads
Mahakali Polytechnic

यो सरकारको दाबी हो र यो सत्य पनि हो’, उनले अगाडि भने, ‘रुल अफ ल’ को इन्डेक्समा नेपाल ५९ औँ स्थानमा पुगेको छ। प्रधानमन्त्री ओलीले यो विवरण मेरो हितमा यो जारी गरिदेऊ भनेको होइन। ‘सुखी नेपाली समृद्ध नेपाल’ले नतिजा देखाउँदैछ।

Sana Kishan

जनताको जीवनस्तरमा सुधार हामीले सोचेजति भएको छैन तर १४९ बाट १४७ मा पुगेको छ।’ बाँस्कोटाले ग्लोबल पिस इन्डेक्समा १२ बिन्दुले नेपालको पोजिसन सुधार भएको बताए। ‘बिजलपुरा-जयनगर रेल कुद्‍दैछ। ३३३६ किलोमिटर सडक पिच भएको छ।

तपाईंकै घर अगाडि सडक पिच भयो कि भएन भनेर त भएन नि’, उनले भने, ‘पैसा कमाइसकेपछि जीवनस्तर फेरिन्छ। फोरजी ७७ जिल्लामा पुगिसक्यो।’ पेस्तोल बोकेर समाधान हुँदैन सरकारका प्रवक्ता बाँस्कोटाले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूगोल भावनामा बगेर मात्रै फिर्ता नहुने बताए। ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबारे हामीले अडान र तथ्यहरु राखेका छौँ’,

उनले भने, ‘कालापानी र लिम्पियाधुरामा पेस्तोल भिरेर गएर हुँदैन। हामीले अन्तर्राष्ट्रिय सहयोग पनि परिचालित गरेका छौं।’ नेपालले आफ्नै स्याटेलाइट राख्न पनि समस्या भएको बताए। ‘आकाशमा पनि कालापानी रहेछ। हामीले स्याटेलाइट राख्न खोज्दा एउटा देशले मुद्दा हाल्यो’, उनले भने, ‘आफ्नै स्याटेलाइटका लागि हामीले आफ्नो स्पेश लिइरहेका छौं।’ बाँस्कोटाले देशहरु रातारात नबन्ने बताउँदै पूर्वाधार विकासमा काम भइरहेको जिकिर गरे।

‘प्रेसको आँखो तथ्यमा जाओस्, प्रतिपक्षी आँखाबाट नहेरोस्’, उनले भने, ‘केपी ओली कसैको काका या बाउ नभए पनि विरोध गर्दा भयो। तर देशको प्रधानमन्त्रीको विरोध कम्तीमा तथ्यमा टेकेर गरौँ।’

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.