सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्माणस्थलमा ढिस्को खस्दा कुबेतमा चार नेपालीको मृत्यु, तीन घाइते

कुबेतः कुबेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । घटनामा चार नेपाली कामदारको मृत्यु भएको कुबेतस्थित नेपाली नियोगका वरिष्ठ अधिकृत जानकी ओझाले पुष्टि गरेकी छिन्।

उक्त घटनामा अन्य तीनजना घाइते भएका छन्।‘मुत्ला’ क्षेत्रमा भएको उक्त दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान भने खुलेको छैन।

Sana Kishan

घाइतेको उद्धार प्रक्रिया जारी रहेको अरब टाइम्समा उल्लेख गरेको छ । ढिस्कोमा पुरिएका सबै चिनियाँ कम्पनीका कामदार रहेको बताइएको छ । ढिस्कोमा पुरिएकाको तुरुन्तै उद्धार गरेपनि चारजनाको भने घटनास्थलमै मृत्यु भएको हो। गाडिएका ७ जनामध्ये चारजनाको घटनास्थल मृत्यु भएको हो । बाँकी रहेका घाइतेलाई स्थानीय समय अनुसार बुधबार बेलुका ५ बजे अस्पताल पुर्याइएको थियो ।

World Link Ads
Mahakali Polytechnic

अरब टाइम्सका अनुसार निर्माणस्थलको ब्लक ५ ढल निर्माण गर्ने क्रममा ढिस्को खसेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.