सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेलम्ची आयोजनाको स्वेतपत्र : आउँदो असारसम्म पानी सुन्दरीजल आईपुग्ने मन्त्री बिना मगरको घोषणा

काठमाडौं-सरकारले आउँदो असारसम्‍म मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने घोषणा गरेको छ ।

बिहीबार खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गरेकी हुन् ।
त्‍यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्‍मको आयोजनाको काम पनि असारभित्रै सक्ने भनिएको छ ।

‘ड्याम सक्नका लागि केही समय लाग्छ तर अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी झर्छ । निर्माण कम्पनीले २/३ महिना पहिले काम सक्नेमा म विस्वस्त छु’ मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने ।

World Link Ads
Mahakali Polytechnic

सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक वर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो ।

Dirghayu Ads
Sana Kishan

कार्यकारी निर्देशक खत्रीले काम समयमा भए नभएको बारे मन्त्रालय र समितिले अनुगमन गरिरहेको बताए ।

‘बेलाबेलामा देखिएका विभिन्न समस्या तथा ठेक्का सम्झौता रद्द गर्नुपर्ने बाध्यताले निर्माणमा धेरै ढिला भयो’ उनले भने, ‘सीएमसीले छाडेपछि काम शुरु गरेको कम्पनीले राम्रै गरिरहेको छ, अनुगमन पनि गरिरहेका छौं, तोकिएको अवधि भन्दा थोरै अगाडि काम सकिने देखिन्छ ।’

कार्यकारी निर्देशक खत्रीले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी दिए ।

काम बीचैमा छाडेर हिँडेको इटालीको सीएमसी कम्पनीले स्थानीय श्रमिक तथा सव कन्ट्राकटरको भुक्तानी नदिएका कारण धेरै समस्या र अवरोध खेप्नुपरेको उनले बताए ।

तर अब भने सीनो हाईड्रोले राम्रो गर्ने खत्रीले दावी गरे । सीएमसीले कामदार र सक कन्ट्राकटरलाई दिन बाँकी रकमको विषयमा अध्ययन गर्न मन्‍त्रालयको सहसचिवको नेतृत्वमा समिति बनेको समितिले जनाएको छ ।-अनलाइनखबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.