Wednesday, January 20, 2021

‘जनयुद्ध दिवस’मा सरिक हुँदै प्रधानमन्त्री

- Advertisement -

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। तत्कालीन माओवादीले ‘जनयुद्ध’ थालनी भएको दिन भन्दै फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीककरण भएपछि फागुन १ लाई जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिका रूपमा लिन थालिएको हो। गत वर्ष पार्टी महासचिव विष्णु पौडेलद्वारा जारी पत्रमा दुवै अध्यक्ष उपस्थित हुने भनिए पनि ओली भने सहभागी भएनन्।

पार्टी केन्द्रीय कार्यालयले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा बिहीबार बिहान सो कार्यक्रम आयोजना गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले पनि प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी हुने जानकारी दिए। ‘पार्टी कार्यालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीज्यू कार्यक्रममा सहभागी हुनुहुनेछ,’ कार्यालय सचिव रिजालले भने। पार्टी एकताको पहिलो वर्ष पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरी नेकपाले जनयुद्ध दिवस मनाएको थियो।

त्यतिबेला अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत नेताहरू सहभागी भएनन्। पूर्वएमालेका अमृत बोहोरा, वामदेव गौतम, सुवास नेम्वाङ, महासचिव पौडेल भने कार्यक्रममा सहभागी भए। उक्त कार्यक्रममा पूर्वमाओवादी कार्यकर्ताको भने भीड नै लागेको थियो।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो। तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने विषय अन्योलमा थियो। गत वर्ष पार्टी कार्यालयमा सोही अन्योलकै बीच दिवसलाई जनआन्दोलनका सहिद र जनयुद्धका सहिदको स्मृतिका रूपमा मनाइएको थियो। यसपालि पनि त्यसलाई निरन्तरता दिइएको हो। तत्कालीन माओवादी जनयुद्ध दिवस मनाउने पक्षमा भए पनि तत्कालीन एमालेका नेताहरू नमनाउने पक्षमा थिए। गत वर्षको कार्यक्रममा ओली, नेपाल, खनाल, पोखरेललगायत नेता सहभागीता नभएपछि पूर्वमाओवादीका कार्यकर्ताले आलोचनासमेत गरेका थिए।-nagarik daily

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जिल्ला भरि सक्रिय संक्रमित १ जना मात्रै: ९ वटा स्थानिय...

बैतडी - बैतडीमा कोरोनाका सक्रिय संक्रमित १ जना मात्रै रहेका छन् । स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारि अनुसार अहिले दशरथचन्द नगरपालिकामा १ जना मात्रै...

मोटरसाइकल र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु !

विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको...

बैतडीको सिगासमा ओली समूहको अगुवा कार्यकर्ता भेला !

बैतडी - नेकपाको ओली समूहले बैतडीको सिगास गाउँपालिकामा आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । यही माघ १० गते जिल्ला भेलाको तयारीमा रहेको...

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

माधव नेपालले भने: अरिंगाल र झुसिल्किराले केही गर्न सक्दैनन् !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले अरिंगाल र झुसिल्किराले केही गर्न नसक्ने बताएका छन् । सत्य र न्यायको पक्षमा आफूहरु रहेको भन्दै नेता...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया