Saturday, January 16, 2021

सातामै भित्रियो डेढ करोडको गुलाब

- Advertisement -

काठमाडौं । भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू. १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो ।

फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउने गरिएको छ । प्रेमको प्रतीकका रूपमा रातो गुलाबको प्रयोग हुने गरेकोमा यो समयमा वर्षकै सबैभन्दा बढी गुलाब आयात हुने गरेको व्यवसायी बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू. १८ लाख बराबरको गुलाब आयात भएकोमा १ सातामा मात्रै यसको आयात करीब ८ सय प्रतिशतले बढेको छ । संघअनुसार अघिल्लो वर्ष यस समयमा रू १ करोड ५० लाख बराबरको गुलाब आयात भएको थियो ।

व्यवसायीका अनुसार नेपालमा अधिकांश गुलाब भारतबाट ल्याइने गरिन्छ । भारतको नयाँ दिल्ली, कोलकाता र बैंग्लोरबाट गुलाब आयात हुने गरेको छ ।
नेपालमा मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, काभे्र र चितवन जिल्लामा गुलाबको व्यावसायिक खेती हुने गरेको छ । हाल नेपालमा उक्त क्षेत्रका ७०० किसानले १५३ हेक्टर क्षेत्रफलमा यसको व्यावसायिक खेती गर्दै आएका छन् । यो समयमा गुलाबको माग अत्यधिक हुने तर आन्तरिक उत्पादनले मात्र त्यसलाई धान्न नसक्ने संघका अध्यक्ष कुमार कसजू श्रेष्ठ बताउँछन् ।

नेपालमा चिसो मौसममा गुलाबको उत्पादन कम हुने भएकाले पनि आन्तरिक उत्पादनले गुलाबको माग धान्न नसकिने उनले बताए । ‘भ्यालेन्टाइन डेका लागि २५ प्रतिशत मात्र आन्तरिक गुलाब खपत हुने गरेकोमा बाँकी गुलाब आयात गर्नुपर्ने अवस्था छ,’ उनले भने । तर, भ्यालेन्टाइन डेबाहेक अन्य समयमा भने ८० प्रतिशत आन्तरिक गुलाबको खपत हुने गरेको उनले बताए ।

भ्यालेन्टाइन डेका बेला गुलाबको माग सबैभन्दा बढी काठमाडौं उपत्यकामा हुने गरेको छ । काठमाडौं उपत्यकामा मात्रै ७० प्रतिशत माग हुने गरेको अध्यक्ष श्रेष्ठले बताए । त्यसपछि पोखरा, विराटनगर र चितवनलगायत जिल्लामा गुलाबको खपत बढी हुने गरेको छ ।

व्यवसायीहरूका अनुसार काठमाडौको बजारमा एउटा गुलाब रू. ८० देखि १०० सम्ममा विक्री हुने गरेको छ । गतवर्ष गुलाबको मून्य प्रतिगुलाब रू ५० देखि ८० सम्म भएकोमा यस वर्ष गुलाबको मूल्यमा पनि वृद्धि भएको मालिनी फ्लोर डेकोरेशन काठमाडौंका फूल व्यवसायी गोपाल मण्डलले बताए ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जब चोरले नेपाल-भारत पेट्रोलियम पाइपलाइनमा डिजेल चोरीको प्रयास गरे

काठमाडौं । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा तीन चोसे गाँस्ने प्रयास...

सरकारले सार्वजनिक गर्यो ’नागरिक एप’ !

काठमाडौँ — सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै ’नागरिक एप’ सार्वजनिक गरेको छ ।सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री...

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ खुल्यो,पर्ने चान्स कति ?

माघ,२ लिपुलेक , इन्फास्ट्रक्चर बैंकको आइपिओ (प्राथमिक सेयर)मा आजदेखि आवेदन खुलेको छ।कम्पनीको आइपिओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ। आइपिओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटल...

शुक्रबार सुनको मूल्य तोलामा कति ?

On साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा कति ? साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ।बुधबार प्रतितोला ९२...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आइपीओ आजदेखि निष्काशन गर्दै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ आज शुक्रबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ। बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न...

बढ्यो सुनको मूल्य तोलामा ६ सय रुपैयाँ

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले  बढेको छ । सोमबार प्रतितोला ९२ हजार २ सय...

तरुलको कारोबार बढ्यो माघे सङ्क्रान्ति नजिकिएसँगै

- माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढेको छ । हिजोदेखि माघे सङ्क्रान्तिका लागि तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको...

आज ह्वात्तै घट्यो सुनको मूल्य

पौष २६ - सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ९५ हजार ३...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया