Wednesday, January 20, 2021

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय रुपैयाँ दिने सन्दीपको घोषणा

- Advertisement -

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन्। उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई (८,८४८ रुपैयाँ) बराबर रंगशालालाई सहयोग गर्ने घोषणाअनुसार उक्त रकम सहयोग गर्ने भएका हुन्।

सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन्। उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पारेका हुन् । उनले १६ रन खर्चिए। त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए। यससँगै उनको कुल ८ विकेट भएको हो।

हरेक टिमसँग दुई÷दुई खेलको शृंखलामा ओमानसँगको दुवै खेलमा भने सन्दीप विकेटविहीन भएका थिए।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वय तथा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यही माघ १२ गते देखि कञ्चनपुरको महेन्द्रनगरमा...

पीएम कप ः अविनाशको घातक बलिङ, गरे करियरकै उत्कृष्ट प्रदर्शन

काठमाडौं, पुस ः प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय क्रिकेटअन्तर्गत प्रदेश १ विरुद्ध एपीएफका तीव्र गतिका बलर अविनाश बोहराले घातक बलिङ गरेका छन् ।...

प्रधानमन्त्री कपः उदघाटन खेलमै विनोद भण्डारीको शतक

२ माघ, काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८...

बधाई ! गौरिका सिंहले जितिन् उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधी

काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा ऐतिहासिक चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छिन्।...

स्वर्गीय क्रिकेटर कुन्दन सिंह प्रति स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्टद्वारा शोक...

दुवै मिर्गौला बिग्रेका कारण २५ वर्षको उमेरमा निधन भएका क्रिकेटर कुन्दन सिंहको निधन प्रति नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्ध अस्ट्रेलियाको बिग ब्यास लिगको...

अस्ताए नेपाली क्रिकेटर सिंह २५ बर्षकै उमेरमा

जलेश्वर – राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी...

पारससहित १० खेलाडी पिएसएल ड्राफ्टमा

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडी ड्राफ्टमा परेका छन् । पाकिस्तान क्रिकेट...

किङ स्मिथले गरे भारतिय बलरको धुलाई, ठोके करियरको २७ औं टेस्ट...

काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याट्सम्यान स्टीव स्मिथ, जोभारतको बिरूद्ध पहिलो दुई टेस्टमा फ्लप भए । उनले सिडनी क्रिकेट मैदानमा भईरहेको तेस्रो खेलमा भने शानदास...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया