Wednesday, January 20, 2021

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

- Advertisement -

काठमाडौँ — ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्व पनि मुद्दा दायर गर्न माग गरेर रिट दायर गरेका हुन।
नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए।अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ।

‘ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा सम्बन्धमा विभिन्न मन्त्रालय र कार्यालयबाट विभिन्न मितिमा भएका गैरकानुनी कार्यहरूलाई वैधानिकता दिलाउने र सरकारी जग्गा अनधिकृत व्यक्तिका हक र स्वामित्व स्थापित गराउने गरी सम्बन्धित मन्त्रालयको प्रस्तावअनुरूप मन्त्रिपरिषदबाट २०६६/१२/२९, ०६७/०१/ ३१, ०६७/०४/२८ र ०६९/०६/१८ मा भएका निर्णय मन्त्रिपरिषदबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र पर्ने देखिएन,’ अख्तियारले दायर गरेको अभियोगपत्रमा लेखिएको थियो।

अख्तियारले गत बुधबार तत्कालिन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीको सिगासमा ओली समूहको अगुवा कार्यकर्ता भेला !

बैतडी - नेकपाको ओली समूहले बैतडीको सिगास गाउँपालिकामा आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । यही माघ १० गते जिल्ला भेलाको तयारीमा रहेको...

मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो साढे १२ अर्ब रुपैयाँ !

काठमाडौं – मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले कम्तिमा साढे १२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमानित खर्च विवरण गृह मन्त्रायलमा पेश गरेको छ । २०७४ सालमा...

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

माधव नेपालले भने: अरिंगाल र झुसिल्किराले केही गर्न सक्दैनन् !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले अरिंगाल र झुसिल्किराले केही गर्न नसक्ने बताएका छन् । सत्य र न्यायको पक्षमा आफूहरु रहेको भन्दै नेता...

अनेरास्वविय द्धारा विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरले विद्यार्थी नेता तिलक माललाई किरिया खर्च सहयोग गरेको छ । पितृशोक परेका विद्यार्थी नेता माललाई अनेरास्ववियू कञ्चनपुरले उनको बैतडीको डिलाशैनी...

पार्टी कमिटीहरु तत्काल पुनः गठन गर्न अध्यक्ष ओलीको निर्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

डडेल्धुरामा ट्याक्टर दुर्घटना १ जनाको मृत्यु, ५ जना घाइते

महेन्द्रनगर । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ अमरगढी नगरपालिका–२ कुस्मालीमा मंगलवार करिब ३ बजे से १ त ३८१३ नम्बरको ट्याक्टर...

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया