सुदुरपश्चिम खबर
No Result
View All Result
  • Login
  • Register
PRICING
SUBSCRIBE
No Result
View All Result
सुदुरपश्चिम खबर
No Result
View All Result

नेपाल भ्रमण वर्षको १ महीना : पश्चिमी नाकाबाट भित्रिए २२४ विदेशी पर्यटक

सुदुरपश्चिम खबर by सुदुरपश्चिम खबर
February 12, 2020
0
भव्य रुपमा मनाईयो पश्चिमी नाका भ्रमण वर्ष, पहिलो पर्यटकलाई स्वागतसहित नगर परिक्रममा(फोटो फिचर)

महेन्द्रनगर । नेपाल भम्रण वर्ष २०२० शुरू भएको एक महीना पूरा भएको छ । यस अवधिमा नेपालको पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने पर्यटकको संख्या भने न्यून छ । अध्यागमन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकीबाट जनवरीमा छिकेकी राष्ट्र भारतबाहेक देशका जम्मा २२४ जना पर्यटक भित्रिएका छन् ।

RELATED POSTS

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

भ्रमण वर्षको पहिलो महीनामा नेपाल भित्रिनेमा सबैभन्दा बढी अमेरिकी र रसियन नागरिक रहेका छन् । अध्यागमनका अनुसार जनवरीमा अमेरिकन २८, रसियन २६, थाई (थाइल्यान्ड) २१, अस्ट्रेलियन १२ र इटालियन १० जना छन् । त्यस्तै नेपाल भित्रिएका विदेशीमा फ्रान्सका १४, इरानका १०, स्पेनका ८, बेलायतका ७, चीनका ४, जापान, बोलिभिया, युगान्डा र पेरूका ३÷३ छन् ।

अध्यागमन कार्यालयका शैलेन्द्र बडुले कार्यालयले भारत भएर नेपाल आउने तेस्रो मुलुकका पर्यटकको मात्रै तथ्यांक राख्ने गरेको बताए । उनका अनुसार यस नाका हुँदै भित्रिने पर्यटक शुक्लाफाँटा, राष्ट्रिय निकुञ्ज, बर्दीया राष्ट्रिय निकुञ्ज, र पोखरा घुम्न जाने गरेका छन् ।

सुदूरपश्चिमका पर्यटन व्यवसायी एवम् कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष प्रमान्द भण्डारीले स्थानीय पर्यटकीय क्षेत्रको प्रचार–प्रसार हुन नसकेको बताए । ‘पर्यटकीय पूर्वाधारको अभाव तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार नहुँदा पश्चिमी नाकाबाट पर्यटक भित्रिन नसकेका हुन्,’ उनले भने, ‘प्रचारप्रसार नहुँदा चाँदनीदोधरा झुलुंगे पुल, रामारोसन, खप्तड, बडिमालिका लगायत क्षेत्र तेस्रो मुलुकका पर्यटकको नजरमा पर्न सकेका छैनन् ।’ नाकामा पर्यटनमैत्री वातावरण सृजना गर्न, सम्भावित पर्यटकीय स्थलको प्रचारप्रसार र पूर्वाधार निर्माण जोड दिन सके यस क्षेत्रमा पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ ।

त्यस्तै, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले निजी क्षेत्रलाई पनि भ्रमण वर्षको योजनाबारे जिम्मेवारी दिनु पर्ने बताए । पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव, कमजोर आन्तरिक सुरक्षा व्यवस्था र प्रचारको अभावमा पर्यटक भित्रिन नसकेको उनको भनाइ छ । स्थानीय निजी क्षेत्रका व्यवसायीको पहलमा जिल्ला ट्राफिक कार्यालयले महेन्द्रनगरले भारतीय पर्यटकको तथ्याङ्क राख्ने गरेको उनले जानकारी दिए । यस महीना मात्रै करीब ५ हजार भारतीय पर्यटक नेपाल भित्रिएको उनले बताए ।

ADVERTISEMENT
ShareTweetPin
सुदुरपश्चिम खबर

सुदुरपश्चिम खबर

Top news portal of sudurpashim state

Related Posts

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा  बुढा !
मुख्य समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा !

January 19, 2021
अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य
मुख्य समाचार

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

January 19, 2021
सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !
मुख्य समाचार

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

January 19, 2021
मुख्य समाचार

एसइइ परिक्षा २०७७ को परिक्षा तालिका प्रकाशन !

January 19, 2021
जीप दुर्घटनामा २ जनाको मृत्यु, ७ जना घाइते
मुख्य समाचार

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

January 19, 2021
स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !
मुख्य समाचार

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन !

January 19, 2021
Next Post
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

साना तथा घरेलु उद्योग महासंघ कञ्चनपुरको अध्यक्षमा पुनः जोशी

साना तथा घरेलु उद्योग महासंघ कञ्चनपुरको अध्यक्षमा पुनः जोशी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home
  • Our Team
  • Privacy Policy

© 2021 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In